logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • शीर्ष नेताबीच भएन संसद् सुचारु गर्न सहमति, संसद बैठक ४ बजेलाई सारियो

    शीर्ष नेताबीच भएन संसद् सुचारु गर्न सहमति, संसद बैठक ४ बजेलाई सारियो

    1.8K
    Shares
    शीर्ष नेताबीच भएन संसद् सुचारु गर्न सहमति, संसद बैठक ४ बजेलाई सारियो

    काठमाडौं । संसदको गतिरोध अन्त्य गर्ने सन्दर्भमामा प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल साढे ३ बजे फेरि बस्ने गरी सकिएको छ ।

    दलहरु सहमतिमा नजुटेकाले सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो ४ बजेसम्मका लागि सारिएको छ ।

    सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल दिउँसो साढे ३ बजे पुनः बस्ने गरी सकिएको हो ।

    संसदको अवरोध खुलाउने विषयमा छलफल सकारात्मक रहेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।

    संसद्को प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा प्रभावकारी अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै १० साउनदेखि निरन्तर सदन अवरुद्ध पार्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend