logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • नर्सिङ लाइसेन्स परीक्षा प्रश्नपत्र आउट गर्ने ५७ जना कारबाहीमा, ७ जनाले तीन वर्ष परीक्षा दिन नपाउने

    नर्सिङ लाइसेन्स परीक्षा प्रश्नपत्र आउट गर्ने ५७ जना कारबाहीमा, ७ जनाले तीन वर्ष परीक्षा दिन नपाउने

    2.2K
    Shares
    नर्सिङ लाइसेन्स परीक्षा प्रश्नपत्र आउट गर्ने ५७ जना कारबाहीमा, ७ जनाले तीन वर्ष परीक्षा दिन नपाउने

    काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नर्सिङ लाइसेन्स परीक्षाको प्रश्नपत्र आउट गर्ने कार्य संलग्न ५७ जनालई करबाही गरेको छ । प्रहरीको प्रतिवेदनलाई आधारमा काउन्सिलले ती विद्यार्थीलाई कारबाही गरेको हो ।

    कारबाहीमा परेकामध्ये ५० जनाको परीक्षा नतिजा रोकिएको छ भने सात जनालाई तीन वर्षसम्म नर्सको लाइसेन्स परीक्षामा सहभागी हुन नपाउने निर्णय गरिएको काउन्सिलले बताएको छ ।

    तीनवर्षे कारबाही गरिएका सात जना प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको पाइएको छ । तीमध्ये चार जना अझै समातिएका छैनन् । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी कुुमुद ढुंगेलले पक्राउ परेका तीन जनालाई जिल्ला अदालत काठमाडौंले जनही १० हजार रुपैयाँ धरौटीमा छुटेका जानकारी दिए ।

    सो घटनामा प्रहरीले कास्कीको लेखनाथकी २० वर्षीया समीक्षा थापा, लेखनाथकै २० वर्षीया भावना गुरुङ र धादिङको त्रिपुरासुन्दरीकी २३ वर्षीया सविना आलेलाई पक्राउ गरेको थियो । गत शुक्रबार उनीहरू रिहा भएका प्रहरीले जानकारी दिएको छ ।

    काउन्सिलले उनीहरू र अरू चार जना तथा नर्सिङ तयारी कक्षा पढाउने पोखराको अलब्राइट इन्स्टिच्युटविरुद्ध जाहेरी दिएको थियो । प्रहरी स्रोतका अनुसार बाँकी चार जनालाई फरार प्रतिवादी बनाइएको छ । प्रहरीले घटनाको अनुसन्धान प्रतिवेदन काउन्सिललाई बुझाइसकेको बताएको छ ।

    काउन्सिलकी अध्यक्ष सरला केसीले गत २३ असारमा लाइसेन्स परीक्षा चलिरहेका बेला अलब्राइट इन्स्टिच्युटको म्यासेन्जर ग्रुपमा प्रश्नपत्र पठाइएको र सो म्यासेज केही समयमै ४०० भन्दा बढी व्यक्तिले ‘सिन’ गरेको पाइएको बताइन् ।

    त्यसै दिन बालाजुको सिद्धार्थ वनस्थली इन्स्टिच्युट, ललितपुरस्थित लिटिल एन्जल्स स्कुल र वाग्मती कलेज काठमाडौं केन्द्रबाट प्रश्नपत्र आउट भएको थियो । सो दिनको परीक्षा नतिजा काउन्सिलले एक महिना स्थगित गरी आइतबार मात्र सार्वजनिक गरिएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend