logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • सुन तस्करी प्रकरण: सीआईबीले थाल्याे अनुसन्धान, एसपी थापा तोकिए अनुसन्धान अधिकृत

    सुन तस्करी प्रकरण: सीआईबीले थाल्याे अनुसन्धान, एसपी थापा तोकिए अनुसन्धान अधिकृत

    1.7K
    Shares
    सुन तस्करी प्रकरण: सीआईबीले थाल्याे अनुसन्धान, एसपी थापा तोकिए अनुसन्धान अधिकृत

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले करिब एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रक्रिया अघि बढाएको छ। सीआईबी स्रोतले सुन प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकिएका बताइएको छ ।

    २ साउनमा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको अबैधानिक रुपमा सुन सिनामंगलबाट बरामद गरेको थियो ।

    उक्त प्रकरणमा राजस्व चुहावटमा २० दिनसम्म अनुसन्धान गरेको विभागले हिजो (आइतबार) सम्पूर्ण फाइलसहित पक्राउ परेका १८ जना प्रहरीलाई जिम्मा लगाएको थियो। पहिले सुन तस्करी प्रकरणको प्राविधिक पाटोमा मात्र अनुसन्धान गरिरहेको सीआईबीले आज (सोमबार)देखि भने औपचारिक रुपमा अनुसन्धान थालेको हो ।

    यसअघि राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धानमा सहयोग गर्न प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई जिम्मेवारी दिएको थियो । सीआईबीको अनुसन्धानमा सहयोग गर्न अहिले पंगेनीलाई पनि खटाएको प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend