logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • खुल्ला ब्याटमिन्टन प्रतियोगिता–२०८० आयोजना हुँदै

    खुल्ला ब्याटमिन्टन प्रतियोगिता–२०८० आयोजना हुँदै

    6.7K
    Shares
    खुल्ला ब्याटमिन्टन प्रतियोगिता–२०८० आयोजना हुँदै

    काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको खेलकुद बिभागले खुल्ला ब्याटमिन्टन प्रतियोगिता २०८० आयोजना गर्ने भएको छ।

    संघको केन्द्रीय कार्यलय मा आज संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेको प्रमुख अतिथ्यतामा बसेको बैठकले सो निर्णय गरेको छ । बिभागीय प्रमुख सम्पन्न श्रेष्ठको अध्यक्षतामा बैठक बसी खेल खेलाउने निर्णय गरेको हो। श्रेष्ठको संयोकत्वमा १५ सदस्य रहने आयोजक समिति रहने जनाकारी दिएका छन्।

    बैठकले बिभागको सचिबमा सुवास बिष्ठ सहित बिभिन्न जिल्लालाई प्रतिनिधित्व गर्ने हिसाबले खेलकुद क्षेत्रका सक्रिय युवाहरुलाई सदस्यमा मनोनित समेत गरेको छ ।

    राष्ट्रिय युवा संघले खेलकुद क्षेत्रमा आफूँलाई बलियो साबित गर्दै ठूलो धनराशीको प्रतियोगिता गर्दै आएको छ।

    युवाहरुको माझ लोकप्रिय फुटबल खेललाई संघको आयोजनामा केपी ओली कप र उपत्यका स्तरीय फुटसल प्रतियोगिता सफताका साथ सम्पन्न गरिसकेको छ।

    यो संघमा नयाँ युवाहरुको आकर्षण यसरी नै बढेको जनाइएको छ ।

    यतीखेर संघले ४ महिने अभियान सञ्चालन गरेर १६ देखि २४ का युवाहरुलाई लक्षित गरी संगठित गरेर नयाँ क्रिएटिभ युवाहरु युवासंघमा रहेको जानकारी संघले दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend