logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • भदौ ७ र ८ गतेका लागि राप्रपा नेपालले बाेलायाे केन्द्रीय कमिटी बैठक

    भदौ ७ र ८ गतेका लागि राप्रपा नेपालले बाेलायाे केन्द्रीय कमिटी बैठक

    2.3K
    Shares
    भदौ ७ र ८ गतेका लागि राप्रपा नेपालले बाेलायाे केन्द्रीय कमिटी बैठक

    काठमाडौं । राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आगामी भदौ ७ र ८ गतेका लागि काठमाडौंमा बोलाइएको छ । राप्रपा नेपाल पुनर्जागरणपछि बस्ने केन्द्रीय समिति बैठक पार्टी जीवनका लागि महत्त्वपूर्ण रहेको बताइएको छ ।

    बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनैतिक कार्यपत्रसहित जनआन्दोलनको खाका समेत प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

    संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्थाको अन्त्यको लागि संघर्षको बाटो बैठकले तय गर्ने बताइएको छ ।

    बैठकमा महामन्त्री भाष्कर भद्राको सचिवालय सम्बन्धि प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठको प्रशिक्षण सम्बन्धि प्रतिवेदन, महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदनसहित राजसंस्थाको बारेमा उपाध्यक्ष डाक्टर बिष्णु भण्डारीको नेतृत्वमा गठित कार्यदलले प्रतिवेदन पेश गर्नेछ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend