logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • इजरायल प्रचण्ड गर्मीको चपेटामा, इजरायलीहरु पानीको लागि भौतारिँदै

    इजरायल प्रचण्ड गर्मीको चपेटामा, इजरायलीहरु पानीको लागि भौतारिँदै

    5.1K
    Shares
    इजरायल प्रचण्ड गर्मीको चपेटामा, इजरायलीहरु पानीको लागि भौतारिँदै

    एजेन्सी । मध्यपूर्वको सानो देश इजरायल अहिले प्रचण्ड गर्मीको चपेटामा छ । बढ्दो तापक्रमले आजित इजरायलीहरु जोखिम मोलेर पानी खोज्दै गर्मीको सामना गरिरहेका छन् ।

    चर्को गर्मीबाट राहतको खोजीमा देशैभरका मानिसहरु प्राकृतिक पानी मुहान, सार्वजनिक समुद्री किनार र झरनामा पुगिरहेका छन् ।

    उत्तरी इजरायलको राष्ट्रिय निकुञ्ज, गान हशालोशामा अहिले भीड लागेको छ । यहाँ पानी प्रसस्त छ । तापक्रम वर्षभरि स्थिर रुपमा २८ डिग्री सेल्सियस रहने भएकोले धेरै मान्छे यहाँ पुग्छन ।

    राष्ट्रिय निकुञ्जहरूका अतिरिक्त, पश्चिममा भूमध्यसागर, उत्तरमा ग्यालिल सागर, जुन ताजा पानीको ताल हो, साथै शहरहरूमा असंख्य फोहराहरू पनि मानिसहरू झुमिरहेको देख्न सकिन्छ ।

    गर्मीको लहरको बीचमा, इजरायलको स्वास्थ्य मन्त्रालयले सामान्य जनता र विशेष गरी वृद्ध जनसंख्या र दीर्घकालीन रोगका बिरामीहरूलाई होसियार रहन र सकेसम्म गर्मी र घामको सम्पर्कबाट बच्न आग्रह गरेको छ । अनावश्यक शारीरिक परिश्रमबाट बच्न र धेरै पानी पिउन अनुरोध गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend