logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • रेखा थापाको नयाँ चलचित्र ‘उपहार’ को स्क्रिप्ट विवादित

    रेखा थापाको नयाँ चलचित्र ‘उपहार’ को स्क्रिप्ट विवादित

    6.9K
    Shares
    रेखा थापाको नयाँ चलचित्र ‘उपहार’ को स्क्रिप्ट विवादित

    काठमाडौं । रेखा थापाले निर्माण गर्न लागेको फिल्म ‘उपहार’ विवादित बन्न पुगेको छ ।

    फिल्मका कथा लेखक सुलक्षण भारतीले आफ्नो वान–लाइन स्टोरी चोरी गरिएको आरोप लगाएका छन् ।

    ‘रेखाजीले मलाई महिला केन्द्रित फिल्मको कथा लेख भनेर प्रस्ताव राख्नुभएको थियो। मसँग पहिल्यै एउटा कथा थियो। त्यो सुनाएँ। उहाँहरूलाई वान–लाइन कथा मन परेपछि स्क्रिप्ट लेख भन्नुभयो। मैले फर्स्ट ड्राफ्ट स्टोरी लेखेर पठाएको थिएँ। त्यसपछि उहाँहरूले फाइट सिन राख्ने, अनावश्यक गीत राख्ने माग गर्नुभयो। तर मैले यस्तो नगरी कसरी फिल्म बनाउन सकिन्छ भनेर पुनः स्क्रिप्ट लेख्न थालेँ। केही समयपछि मसँग अनुमति नलिई उहाँहरूले अर्कै मान्छेलाई स्क्रिप्ट लेख्न लगाउनुभएछ,’ उनले भने ।

    उपहारका निर्देशक ज्ञानेन्द्र देउजाले भने भारतीलाई लगातार सम्पर्कमा ल्याउन खोज्दापनि सम्पर्कमा नआएपछि अभिमन्यु निरवीलाई फिल्मको स्क्रिप्ट लेख्न लगाएको प्रतिक्रिया दिए ।

    ‘उहाँलाई हामीले माघमा स्क्रिप्ट लेख्न लगाएका थियौं। चैतसम्म बुझाउँछु भन्नुभएको थियो। त्यति बेला हामीले उहाँलाई ७५ हजार रूपैयाँ पनि दिएका थियौं। तर बारम्बार सम्पर्क गर्न खोज्दा उहाँ सम्पर्कमा आउनुभएन। हामीले उहाँसँग कुनै प्रकाशित कृति किनेको होइन। उहाँसँग छलफल गरेर बनाएको स्क्रिप्ट प्लट हो। त्यही प्लटअनुसार फिल्मको स्क्रिप्ट तयार पार्न लगाएका थियौं। त्यसपछि उहाँले फर्स्ट ड्राफ्ट मलाई मेल गर्नुभयो। हामीले उहाँको अधिकार खोसेका पनि छैनौं। चलचित्र विकास बोर्डमा उहाँको कथा भनेर दर्ता गरिएको छ। उहाँकै कारण वैशाखदेखि छायांकनमा जाने भनिएको फिल्म रोकियो। अहिले आएर उहाँले हामीलाई ब्ल्याकमेल गर्न खोज्नुभएको हो, फिल्ममा उहाँले आफ्नी श्रीमतीलाई राख्नुपर्ने प्रस्ताव राख्नुभएको थियो।’ उनले भने ।

    लेखक सुरक्षण भारतीले पनि आफ्नो श्रीमतीलाई फिल्ममा राख्न प्रस्ताव गरेको बताएका छन् ।

    यस फिल्ममा पहिला अभिनेत्री रेखा थापा, पूजा शर्मा र आँचल शर्माको अभिनय रहने बताइएको थियो । अभिनेत्री आँचल शर्मा बाहिरिएपछि फिल्मबाट अभिनेत्री बेनिशा हमाल अनुबन्धित भएकी हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend