logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • रोल्पाबाट दाङ आउँदै गरेको बस दुर्घटना, तीन जना गम्भीर घाइते

    रोल्पाबाट दाङ आउँदै गरेको बस दुर्घटना, तीन जना गम्भीर घाइते

    2.6K
    Shares
    रोल्पाबाट दाङ आउँदै गरेको बस दुर्घटना, तीन जना गम्भीर घाइते

    काठमाडौं । रोल्पामा यात्रु सवार बस दुर्घटनाग्रस्त हुँदा तीन जना गम्भीर घाइते भएका छन् ।

    रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको न. ५ ख २६१२ नम्बरको बस शहीद मार्ग त्रिवेणी गाउँपालिका–७ मा तिलाबजार आसपास आज मंगलबार दिउँसो १ बजे दुर्घटनामा परेको हो । बस सडकदेखि करिब १ सय मिटर तल खसेको बताइएको छ ।

    जिल्ला प्रहरी कार्यालयका रोल्पाका डीएसपी श्याम सारुमगरले दुर्घटनामा परी दुई जना पुरुष र एक जना महिला गरी तीन जना घाइते गम्भीर भएको जानकारी दिए । घाइतेहरुलाई रोल्पाकै रेउघास्थित स्वास्थ्य चौकीमा पुगाइएको प्रहरीले बताएको छ ।

    अन्य घाइतेको उद्धार जारी छ । बसमा करिब १० जना सवार रहेको र उनीहरुलाई सामान्य चोटपटक लागेको प्रहरीले जानकारी दिएको छ ।

    घटनाका सम्बन्धमा थप विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend