logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • रोल्पा बस दुर्घटनामा परी घाइते ४ जनाको मृत्यु, अन्यको उपचार हुँदै

    रोल्पा बस दुर्घटनामा परी घाइते ४ जनाको मृत्यु, अन्यको उपचार हुँदै

    2.2K
    Shares
    रोल्पा बस दुर्घटनामा परी घाइते ४ जनाको मृत्यु, अन्यको उपचार हुँदै

    रोल्पा । रोल्पामा बस दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले रोल्पाको वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्वरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको पुष्टी गरे ।

    ज्यान गुमाउनेमा रोल्पाको माडी गाउँपालिका–२ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका–४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका सूचना अधिकरी भुसालले जानकारी दिए ।

    यस्तै, बस दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङ पठाइएको उनले बताए ।

    बस त्रिवेणी गाउँपालिका–७ तिला रिचि गाउँ भन्ने ठाउँमा दुर्घटना भएको थियो । सडकदेखि झण्डै १५० मिटर तल खसेको सो बसमा १९ जना यात्रू सवार रहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend