logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेको अवरोधप्रति विश्वप्रकाशको आक्रोशः सदन कति दिनका लागि चलेको हो ?

    एमालेको अवरोधप्रति विश्वप्रकाशको आक्रोशः सदन कति दिनका लागि चलेको हो ?

    1.5K
    Shares
    एमालेको अवरोधप्रति विश्वप्रकाशको आक्रोशः सदन कति दिनका लागि चलेको हो ?

    काठमाडौं । कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सांसद विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गर्दै आएकोमा असन्तुष्टि प्रकट गरेका छन् ।

    मंगलबारको प्रतिनिधि सभा बैठकमा उनले प्रश्न गर्दै शर्माले भने,’आज सदन चलेको हो भने कति दिनको लागि होरु हामीले कसलाई सोध्नुपर्ने हो ? हामी सत्तापक्षका सांसदको प्रश्न गर्ने थलो चाहिँ रत्नपार्क हो ? सदन बन्द गरेर होइन, हामी हरेक प्रश्नको निदान छलफलबाट गरौँ।
    सदन अवरुद्ध नपारौँ। जनतालाई सदन बन्द हैन, राज्यका निकायले गहिरोसँग अनुसन्धान गरेको तथ्यको चित्रण चाहिएको छ।’ उनले भने ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर सदन अवरुद्ध गर्दै आएकोमा आज भने गृहमन्त्रीको सम्बोधन सुन्नको लागि भन्दै सदन चल्न दिएको हो ।

    उनले भने, ‘सुन तस्करी प्रकरणमा हामीले आफैप्रति अविश्वास गर्दैछौँ, के सिआइबीप्रति अविश्वास हो ?’

    सुन तस्करी अनुसन्धानको विषयमा सांसद शर्माले सदन अवरोध नगरी अनुसन्धान गरेर निष्कर्षमा पुग्न आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend