logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • संविधानको सार्थक कार्यान्वयन नेपाली काँग्रेसले मात्रै गर्न सक्छः गगन थापा

    संविधानको सार्थक कार्यान्वयन नेपाली काँग्रेसले मात्रै गर्न सक्छः गगन थापा

    959
    Shares
    संविधानको सार्थक कार्यान्वयन नेपाली काँग्रेसले मात्रै गर्न सक्छः गगन थापा

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानको सार्थक कार्यान्वयन आफ्नो पार्टीले मात्रै गर्न सक्ने दावी गरेका छन् ।

    विश्व आदिवासी दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानलाई सुधार गर्दै लैजाने, त्यसको सार्थक कार्यान्वयनको माध्यामबाट नेपाली जनताको चाहनालाई पूरा गर्दै लैजाने काम नेपाली काँग्रेसबाहेक अन्य दलले गर्न नसक्ने बताएका हुन् ।

    महामन्त्री थापाले काँग्रेससँग समन्वयका साथ संविधानको सार्थक कार्यान्वयन गर्दै अघि बढने तागत रहेको जिकीर समेत गरे ।

    उनले कतिपय दलले संविधानमा किञ्चित सुधार आवश्यक नभएको भन्ने गरेको, कतिपय दलले भने त्यसको आमूल परिवर्तन गर्नुपर्छ भन्ने गरेको उल्लेख गर्दै काँग्रेसले उनीहरुलाई समेत नेतृत्व गर्दै संविधानमा आवश्यक सुधार गर्दै लैजाने समेत बताए ।

    महामन्त्री थापाले भने, ‘यो संविधान अपर्याप्त छ । यसलाई पर्याप्त बनाउने हो । यसलाई थप सुधार गर्दै लिएर जाने हो । र, काँग्रेसले नै यसलाई सार्थक कार्यान्वयन पनि गर्दैगर्दै लिएर गएर यही व्यवस्था भित्र हामी सबैको चाहनाहरुलाई सम्बोधन गर्दै जाने स्थिति बनाउने छ भन्ने खालको अवस्थामा हामीले पु¥याउनु पर्छ । हामीले त्यो जिम्मेवारी निर्वाह गर्न सकेनौं भने अरु कसैले पनि त्यो भूमिका निर्वाह गर्न सक्दैन । यो मैले अहंकार राखेर भनेको होइन । नेपाली काँग्रेससँग त्यो समन्वय गर्ने तागत छ । ’

    महामन्त्री थापाले सबै नेपाली देशभक्त हुन भन्ने मान्यताको आधारमा नेपाली काँग्रेस अघि बढ्ने बताए ।

    उनले सबै जाति, धर्म, संस्कार र संस्कृतिको उत्तिकै सम्मान गरेर मात्रै सबै नेपालीलाई देशभक्त बनाउन सकिने भएकाले त्यो काममा नेपाली काँग्रेस प्रतिवद्ध भएर लाग्ने आश्वासन समेत दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend