logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • गृहमन्त्री श्रेष्ठको संसदमा स्पष्टीकरण: माओवादी वा कुनै पार्टीका हुन् तथ्य र प्रमाणले दोषी देखाए छुट्दैनन्

    गृहमन्त्री श्रेष्ठको संसदमा स्पष्टीकरण: माओवादी वा कुनै पार्टीका हुन् तथ्य र प्रमाणले दोषी देखाए छुट्दैनन्

    2.2K
    Shares
    गृहमन्त्री श्रेष्ठको संसदमा स्पष्टीकरण: माओवादी वा कुनै पार्टीका हुन् तथ्य र प्रमाणले दोषी देखाए छुट्दैनन्

    काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी, ललित निवास वा सुन तस्करी प्रकरणमा तथ्य प्रमाणले दोषी देखाएमा कोही नछुट्ने स्पष्ट पारेका छन्।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै भ्रष्टाचारका ती प्रकरणहरूमा अनुसन्धान भइरहेको बताएका हुन् ।

    सदनमा जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले भने–‘ललिता निवास प्रकरणमा अदालतको आदेशले थप अनुसन्धानका लागि आधार दिएको छ । सीआईबी अनुसन्धानको प्रक्रियामै छ । यसलाई सकारात्मक रुपमा लिउ । निष्पक्ष ढंगले अनुसन्धान प्रक्रियालाई पूरा गर्न प्रहरीलाई निर्देशन दिएका छौँ ।’

    उनले भेपमार्फत भएको सुन तस्करीको फाइल आफ्नो टेबलमा नभई सीआईबीले अनुसन्धान गरिरहेको उल्लेख गरे ।

    उनले भने–‘केही माननीय सांसदहरुले भेपमा सुन तस्करीको विषय उठाउनुभयो । मेरो अनन्य मित्रले भेपको अनुसन्धानको फाइल गृहमन्त्रीको टेबलमा छ भन्नुभयो । पहिला सरकार चलाउँदा त्यस्तो गरिन्थ्यो र भनेको ? पहिला मेरो टेबलमा ल्याऊ र म जे भन्छु त्यही गर भनिन्थ्यो र ? तर हामीले त्यसो गरेका छैनौँ । तपाई जे देख्नुहुन्छ त्यही गर्नुस् भनेर निर्देशन दिएका छौँ । अनुसन्धानको क्रममा तथ्य प्रमाणले जे देखाउँछ त्यसको आधारमा अभियोजन गर्नुस् भनेका छौँ । यो गर्नुस् त्यो नगर्नुस् भनेर हामी निर्देशन दिने हैनौँ ।’

    उनले थपे, ‘माओवादी वा कुनै पार्टी होस् अनुसन्धानले तथ्य प्रमाणले दोषी देखाउँछ भने कुनै तथ्यले देखाउँछ भने छुट्नेवाला छैनन् । यो कुरा फेरि भन्न चाहन्छु, अनुसन्धानले नदेखाउँदा प्रश्नहरु उठ्न सक्छन्, तर अनुसन्धानमा तथ्य प्रमाणले दोषी देखापर्छ भने कोही छुट्दैन, कोही उम्किन पाउँदैन ।’

    कुनै हालतमा पनि दोषीलाई उम्किन नदिने मन्त्री श्रेष्ठले बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend