logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • मकवानपुर पहिरोमा बेपत्ता भएकामध्ये बाबु र छोरी मृत फेला, अझै तीन जना बेपत्ता

    मकवानपुर पहिरोमा बेपत्ता भएकामध्ये बाबु र छोरी मृत फेला, अझै तीन जना बेपत्ता

    1.7K
    Shares
    मकवानपुर पहिरोमा बेपत्ता भएकामध्ये  बाबु र छोरी मृत फेला, अझै तीन जना बेपत्ता

    हेटौंडा । घरसहित पहिरोले घर बगाउँदा बेपत्ता भएकामध्ये बुधबार बाबु–छोरीको शव वाग्मती खोलामा भेटिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकबहादुर कार्कीका अनुसार मकवानपुर वाग्मती गाउँपालिका—५ सिक्रे दोभानका ६० वर्षीय अक्क्लबहादुर स्याङतान र उनकी २२ वर्षीया छोरी शिला पहरी मृत अवस्थामा हरीहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित वाग्मती नदीको बगरमा फेला परेको हो ।

    अझै अक्कलबहादुरका ज्वाईं जीवन पहरी, ४ वर्षका मिलन र करिब डेढ वर्षीया छोरी दिव्या पहरीसहित तीन जना बेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    मंगलबार बिहान अक्कलबहादुरको घर पहिरोले बगाएर ७ जना बेपत्ता भएका थिए । अक्कलबहादुरकी पत्नी सन्तमायाको उद्धारपछि उपचारको क्रममा ज्यान गएको छ । पाहुना आएका पासाङ घिसिङको भने मंगलबार नै उद्धार गरिएको थियो । हेटौंडा अस्पतालमा अहिले उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend