आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

संखुवासभा कारागारमा कैदीबन्दीबीच कुटाकुट, २ जनाको मृत्यु

संखुवासभा कारागारमा कैदीबन्दीबीच कुटाकुट, २ जनाको मृत्यु

संखुवासभा । जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको ज्यान गएको छ ।

चोरी मुद्दामा सजाय काटिरहेका आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका बिनोद तोलांगीको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।

कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरूलाई प्रहरी र कारागार प्रशासनले समातेको थियो ।

नियन्त्रणमा लिएलगत्तै उनीहरूलाई कारागारभित्र राखिएको र केहीबेरमा कैदीबन्दीबीच कुटाकुट हुँदा उनीहरूको ज्यान गएको प्रहरीले बताएको छ । यस घट्नका सम्बन्धमा थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend