logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • विषालु च्याउ खाँदा मकवानपुरमा ६ जना चेपाङ बिरामी

    विषालु च्याउ खाँदा मकवानपुरमा ६ जना चेपाङ बिरामी

    2.4K
    Shares
    विषालु च्याउ खाँदा मकवानपुरमा ६ जना चेपाङ बिरामी

    काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली विषयुक्त च्याउ खाएर ६ जना गम्भीर बिरामी भएका छन् ।

    राक्सिराङ–२ स्थित औडारमा जंगली विषालु च्याउ खाँदा एकै परिवारका ३ सहित ६ जना बिरामी परेका वडाध्यक्ष बुद्धराम लामाले जानकारी दिए ।

    च्याउ पकाएर खाँदा स्थानीय २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एक जना पुरुष बिरामी परेको उनले बताए। बिरामी परेका विकास, सन्तोष र सुनिमाया एकै परिवारका सदस्य हुन् ।

    च्याउ खाएर विरामी भएपछि उनीहरुलाई राक्सिराङकै सरिखेत स्वाथ्य चौकीमा प्राथमिक उपचार गरिए पनि थप उपचारको लागि भरतपुर रिफर गरिएको स्वाथ्य चौकीका प्रमुख प्रकाश कार्कीले बताए ।

    जंगली च्याउका कारण राक्सिराङमा चेपाङ समुदायका स्थानीयले बर्सेनि ज्यान जाने, गम्भीर विरामी हुने समस्या भोग्दै आइरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend