logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • स्पेनको जनसंख्या ४ करोड ८३ लाख, आप्रवासी बढे

    स्पेनको जनसंख्या ४ करोड ८३ लाख, आप्रवासी बढे

    854
    Shares
    स्पेनको जनसंख्या ४ करोड ८३ लाख, आप्रवासी बढे

    एजेन्सी । स्पेनको जनसंख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ ।

    उच्चस्तरमा जनसंख्या पुग्नुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयले मंगलवार प्रकाशित गरेको अध्ययनले देखाएको हो ।

    त्रैमासिक निरन्तर जनसंख्या तथ्याङ्कले जुलाई १ मा स्पेनमा ४ करोड ८३ लाख ४५ हजार २२३ जना मानिसहरू बसोवास गरिरहेको देखाएको छ । जुन अहिलेसम्म रेकर्ड गरिएकोमध्ये सबैभन्दा धेरै हो ।

    २०२३ को दोस्रो त्रैमासिकमा १३ लाख ५ हजार १८६ जनाले वृद्धि भएको छ । थपिएको जनसंख्या मध्ये १ लाख ३९४ जना स्पेन बाहिर जन्मिएका थिए । अब विदेशी भूमिमा जन्मिएका बासिन्दाहरूको कुल संख्या ८४ लाख ५७ हजार ८८६ पुगेको छ ।

    स्पेनका राष्ट्रिय तथ्यांक संस्थानका प्राविधिक मिगुएल कार्लोस गालानले भने, ‘यो वृद्धि जन्मको कारणले भएको होइन किनभने जन्म र मृत्यु बीचको भिन्नता व्यावहारिक रूपमा शून्य भएको छ, तर मूलतः के भएको छ कि आप्रवासन बढेको छ ।’

    अप्रिल र जुनको बीचमा स्पेन आउने अधिकांश आप्रवासी कोलम्बिया र मोरक्कनका थिए । विदेशमा बसोवास गरेर आफ्नो मातृभूमिमा फर्केका स्पेनीहरुको संख्या उल्लेख्य रहेको पाइएको छ ।

    गालानले भने, ‘स्पेनमा जनसंख्या भविष्यमा अलिकति घट्नसक्छ । जनसंख्या घट्न नदिने सुनिश्चित गर्न आप्रवासीहरूको धेरै ठूलो प्रवाह आवश्यक छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend