logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • काठमाडौं महानगरको डोजर कपन पुगेपछि तनाव

    काठमाडौं महानगरको डोजर कपन पुगेपछि तनाव

    6.6K
    Shares
    काठमाडौं महानगरको डोजर कपन पुगेपछि तनाव

    काठमाडौं । काठमाडौंको कपनमा खहरे खोला अतिक्रमण गरी बनाइएका घर हटाउने भन्दै काठमाडौं महानगरको डोजर पुगेपछि तनाव उत्पन्न भएको छ ।

    काठमाडौं महानगरपालिका १० र बूढानीलकण्ठ नगरपालिका– ७ को सिमानामा रहेको साततले चोक नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएकाले त्यो भत्काउन आएको महानगर प्रहरीका डिएसपी मिनबहादुर थापाले जानकारी दिए ।

    सामाखुसी खोला जसरी नै यो खोला पनि खोल्ने योजना रहेको उनले बताए ।

    तर बूढानीलकण्ठ नगरपालिका र त्यहाँका स्थानीयले डोजर चलाउन दिएका छैनन् । वर्षादको समयमा डोजर आतंक गरेको भन्दै उनीहरुले महानगरविरुद्ध नाराबाजी लगाउँदै प्रदर्शन गरिरहेका छन् । जसले गर्दा डोजर चलाउन सकिएको छैन ।

    अहिले काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र स्थानीयबासिन्दाबीच सहमति जुटाउन छलफल भइरहेको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend