logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • विद्युत प्राधिकरणको १२ अर्ब ३३ करोड नाफा

    विद्युत प्राधिकरणको १२ अर्ब ३३ करोड नाफा

    2.5K
    Shares
    विद्युत प्राधिकरणको १२ अर्ब ३३ करोड नाफा

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ ।

    काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष ०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको बताएका हुन् ।

    उनले आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेकोमा आर्थिक वर्ष ०७८७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको भए पनि आर्थिक वर्ष ०७९/८० मा नाफा घटेको बताए ।

    उनले गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित बनेको बताए ।

    उनले प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिव ८१ अर्ब रूपैयाँ रहेकोमा अहिले बढेर करिव १ खर्ब १८ अर्ब पुगेको उल्लेख गरे । उनले प्राधिकरणको सञ्चिति नाफा ११ अर्बबाट दुई वर्षमा बढेर ३६ अर्ब ६७ करोड रूपैयाँ पुगेको बताए ।

    उनले प्राधिकरणको वास्तविक सम्पती मूल्यांकन कार्य सम्पन्न गरिएको पनि बताए । निर्देशक घिसिङले प्राधिकरणको तेस्रो वित्तीय पुनःसंरचना तयार गरी प्राधिकरण ऐन, २०४१ बमोजिम प्राधिकरणको शेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अगाडि बढाइएको बताए । उनले संस्थाको त्रेडिट रेटिङ आईसिआरए बाट एए प्लस प्राप्त गर्न सफल भएको समेत उल्लेख गरे ।

    उनले प्राधिकरणले बजेट र खर्च नियन्त्रणको लागि केन्द्रिकृत भुक्तानी एवं अनलाइन प्रणालीलाई प्रभावकारी बनाइएको बताए । उनले विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिव ४८ अर्ब बराबरको रकम प्रशारण तथा वितरण प्रणालीमा बिस्तार र सुधारमा लगानी गरिएको दाबी गरे । उनले प्राधिकरणले सरकारको कोषमा सावाँ,ब्याज र रोयल्टी गरी करिव ३० अर्ब जम्मा गरेको पनि जानकारी दिए ।

    उनले भने, ‘ विद्युत प्राधिकरणको नाफा आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा खुद नाफा फेरि बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियोे । आर्थिक वर्ष २०७९/८०को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२अर्ब ३३ करोड रुपैयाँ छ। गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदिनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित भएको छ । प्राधिकरणले विद्युत बिक्री र अन्यबाट आम्दानी दुई वर्ष अघि करिव ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर करिव १ खर्ब १८ करोड रुपैयाँ पुगेको छ। प्राधिकरणको सञ्चित नाफा ११ अर्वबाट बढेर ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । प्राधिकरणको वास्तविक सम्पति मूल्यांकन कार्य सम्पन्न गरिएको छ। साथै प्राधिकरणको तेस्रो वित्तीय पुनःसंरचना तयार गरी प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरणको शेयर सर्वसाधारणमा जारि गर्ने प्रक्रिया अगाडि बढाइएको छ । संस्थाको क्रेडिट रेटिङ आईसिआरए बाट एए प्लस प्राप्त गर्न सफल भएको छ । बजेट र खर्च नियन्त्रणको लागि केन्द्रिकृत भुक्तानी एवं अनलाइन प्रणालीलाई प्रभावकारी बनाइएको छ । विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिव ४८ अर्ब बराबरको रकम प्रसारण वितरण प्रणाली बिस्तार र सुधारमा लगानी गरिएको छ । सरकारको कोषमा सावाँ,ब्याज र रोवाल्टी गरी करिव ३० अर्ब जम्मा गरेको छ ।’

    निर्देशक घिसिङले आर्थिक वर्ष २०७७/७८ मा १७‍‍.३८ प्रतिशत रहेको विद्युत चुहावट ३।९२ प्रतिशतले घटेर अहिले १३.४६ प्रतिशत पुगेको बताउनु भयो। वितरणतर्फबाट विद्युत चुहावट ९.७६ प्रतिशत सिमित गरिएको घिसिङको भनाई छ । उनले दुई वर्ष अघिसम्म ८९ प्रतिशत नागरिकले राष्ट्रिय प्रशारण लाइनको विद्युत पाएकोमा अहिले ९५ प्रतिशत पुगेको बताए ।

    उनले मधेस,वागमती र गण्डकी प्रदेशहरुमा सारभुत रुपमा पूर्ण विद्युतीकरण भएका छन् भने कोशी प्रदेशमा ९५ प्रतिशत,लुम्बीनी ९८,कर्णाली ६७ र सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशत विद्युतीकरण भएको दाबी गरे ।

    उनले ७५३ स्थानीय तहहरुमध्ये प्राधिकरणको प्रणालीबाट ५ सय ५ पूर्ण विद्युतीकरण भएका र १ सय २७ वटा स्थानीय तहहरुका अधिकांश स्थानमा र २१ स्थानीय तहहरुका अधिकांश स्थानहरुमा सोलार र साना तथा लघुजलविद्युतमार्फत विद्युतीकरण भएको बताए ।

    उनले आगामी दुई वर्ष भित्र मुलुकभर विद्युतीकरण गर्ने सरकारको घोषणा कार्यान्वयन गर्ने सम्पूर्ण तयारी पूरा गरी काम भइरहेको उल्लेख गरे । उनले पछिल्लो दुई वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत करिव २३५ युनिट रहेकोमा अहिले बढेर ३८० युनिट पुगेको बताए । विगत २ वर्षमा उद्योगहरुको ८०० एमभिए विद्युत लोड स्वीकृत गरिएको घिसिङको भनाई छ ।

    उनले भने,‘आर्थिक वर्ष २०७७/७८ मा १७.३८ प्रतिशत रहेको विद्युत चुहावट ३.९२ प्रतिशतले घटेर अहिले १३.४६ प्रतिशत पुगेको छ । वितरणतर्फबाट विद्युत चुहावट ९.७६ प्रतिशत सीमित गरिएको छ । अहिलेसम्म करिव दुई वर्षमा ८९ प्रतिशत नागरिकले राष्ट्रिय प्रसारण लाइनको विद्युत पाएकोमा अहिले ९५ प्रतिशत पुगेको छ । मधेश,वागमती र गण्डकी प्रदेशहरुमा सारभुत रुपमा पूर्ण विद्युतीकरण भएका छन् भने कोशी प्रदेशमा ९५ प्रतिशत,लुम्बीनी ९८,कर्णाली ६७ र सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशत विद्युतीकरण भएको छ । ७५३ स्थानीय तहहरुमध्ये प्राधिकरणको प्रणालीबाट ५ सय ५ पूर्ण विद्युतीकरण भएका र १ सय २७ वटा स्थानीय तहहरुका अधिकांश स्थानमा र २१ स्थानीय तहहरुका अधिकांश स्थानहरुमा सोलार र साना तथा लघुजल विद्युतमार्फत विद्युतीकरण भएका छन् । आगामी दुई वर्षभित्र मुलुकभर विद्युतीकरण गर्ने सरकारको घोषणा कार्यान्वयन गर्ने सम्पूर्ण तयारी पूरा गरी काम भइरहेको छ । प्रति व्यक्ति ऊर्जा खपत करिव २३५ युनिट रहेकोमा अहिले ३८० युनिट पुगेको छ । विगत २ वर्षमा उद्योगहरुको ८०० एमभिए विद्युत लोड स्वीकृत गरिएको छ ।’

    निर्देशक घिसिङले विद्युत प्राधिकरण भारतमा विद्युत निर्यात १० अर्ब ३५ करोड रुपैयाँ र आयात १९ अर्ब ४५ करोड रुपैयाको गरेको बताए । उनले गत वर्षमा विद्युत निर्यात भन्दा आयात बढी भएको बताए । उनले नेपालले पहिला पटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत भारत निर्यात शुरु गरी हाल करिव ४५० मेगावाट विद्युत निर्यात भैरहेको बताए ।

    उनले भारत निर्यातको लागि करिव ६०० मेगावाट थप आयोजनाहरु भारतको विद्युत मन्त्रालयमा सहमति प्रक्रिया रहेको रहेको बताए । उनले विहार र नेपालका विभिन्न स्थानमा जोडिएका १३२ के.भी प्रशारण लाइनहरुबाट बिहारको ग्रिड हुँदै भारतको केन्दीय ग्रिड प्रणालीबाट करिव ३०० मेगावाट विद्युत बिक्री गर्ने पि.टी.सी. ग्रिड इण्डिया,बिहार स्टेट पावर कर्पोरेशन र प्राविधकरण बीच त्रिपक्षीय सहमति भएको बताए । उनले भारतको हरियाना राज्यलाई विद्युत सप्लाई गर्नेगरी भारतीय विद्युत व्यापार कम्पनी एन.भि.भि. एनसँग ५ वर्षको लागि २०० मेगावाटको मध्यकालिन विद्युत बिक्री सम्झौता भएको पनि उल्लेख गरे ।

    उनले नेपालमा हालसम्म जडित क्षमता कुल २८२२ मेगावाट पुगेको छ भने आर्थिक वर्ष २०७८/७९ र २०७९/८० र चालु आर्थिक वर्षको श्रावन २४ गतेसम्म ७५१ मेगावाट र ६३२.३७ मेगावाट गरी जम्मा १३८३.३७ मेगावाटका जलविद्युत तथा सौर्य आयोजनाहरुबाट उत्पादन शुरु भएको बताए । उनले हालसम्म करिव ८०५२ मेगावाट विद्युत खरिद सम्झौता सम्पन्न भएकोमा गत दुई वर्षमा मात्र करिव १ हजार ७७४ मेगावाटको विद्युत खरिद बिक्री सम्पन्न भएको बताए ।

    उनले भने, ‘ नेपालले पहिलो पटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत भारत निर्यात शुरु गरी हाल करिव ४५० मेगावाट विद्युत निर्यात भइरहेको छ । भारत निर्यातको लागि करिव ६०० मेगावाट थप आयोजनाहरु भारतको विद्युत मन्त्रालयमा सहमति प्रक्रिया रहेको छ । बिहार र नेपालका विभिन्न स्थानमा जोडिएका १३२ के.भी प्रशारण लाइनहरुबाट विहारको ग्रिड हुँदै भारतको केन्द्रिय ग्रिड प्रणालीबाट करिव ३०० मेगावाट विद्युत बिक्री गर्ने पि.टी.सी. ग्रिड इण्डिया,बिहार स्टेट पावर कर्पोरेशन र प्राविधकरण बीच त्रिपक्षीय सहमति भएको छ । भारतको हरियाणा राज्यलाई विद्युत सप्लाई गर्ने गरी भारतीय विद्युत व्यापार कम्पनी एन.भि.भि. एनसँग ५ वर्षको लागि २०० मेगावाटको मध्यकालिन विद्युत बिक्री सम्झौता भएको छ । नेपालमा हालसम्म जडित क्षमता कुल २८२२ मेगावाट पुगेको छ भने आर्थिक वर्ष २०७८/७९ र २०७९/८० र चालु आर्थिक वर्षको श्रावन २४ गतेसम्म ७५१ मेगावाट र ६३२.३७ मेगावाट गरी जम्मा १३८३.३७ मेगावाटका जलविद्युत तथा सौर्य आयोजनाहरुबाट उत्पादन शुरु भएको छ । हालसम्म करिव ८०५२ मेगावाट विद्युत खरिद सम्झौता सम्पन्न भएकोमा गत दुई वर्षमा मात्र करिव १७७४ मेगावाटको विद्युत खरिद बिक्री सम्पन्न भएको छ । जसमा प्राधिकरणले १० अर्ब ३५ करोड रुपैयाँको विद्युत निर्यात गरेको छ भने १९ अर्ब ४५ करोड रुपैयाको विद्युत खरिद गरेको छ ।’

    निर्देशक घिसिङले सिस्टममा समस्याका कारण पछिल्लो समय झ्याप–झ्याप बिजुली जाने गरेको बताए । उनले प्रशारण लाइनमा गडबड भइरहेने भएकाले लाइन जाने आउने समस्या हुन थालेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend