logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमालेले ३० हजार नयाँ सदस्यलाई एकैदिन सपथग्रहण गराउने

    एमालेले ३० हजार नयाँ सदस्यलाई एकैदिन सपथग्रहण गराउने

    1.6K
    Shares
    एमालेले ३० हजार नयाँ सदस्यलाई एकैदिन सपथग्रहण गराउने

    काठमाडौं । नेकपा एमाले मधेश प्रदेश कमिटीको संगठन र आर्थिक विभागको बैठक पार्टी कार्यालय जनकपुरमा सम्पन्न भएको छ । बैठकले आगामी असोज ५ र ६ गते आयोजना हुने पार्टीको प्रदेश अधिवेशनको तयारीका लागि विभिन्न कार्य योजना प्रस्तावित गरेको छ ।

    बैठकले अधिवेशनको प्रयोजनका लागि संगठित सदस्यताको प्रमाणीकरण यही साउन मसान्तभित्रमा संगठन विभागबाट गराउने र प्रमाणीकरण भएका सदस्यले मात्र प्रतिनिधि चुनिनेरचुन्ने अधिकार प्रयोग गर्न पाउने निर्णय गरेको छ ।

    बैठकले नयाँ संगठित सदस्यको शपथ ग्रहण (करिब ३० हजारको) एकै दिन प्रदेश निर्वाचन क्षेत्र स्तर (६४ स्थानं) मा आयोजना गर्ने निर्णय गरेको एमालेका मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले जानकारी दिए । ।

    बैठकले प्रदेश अधिवेशनका लागि प्रतिनिधिको छनौट एकै दिन भाद्र २६ गते गर्ने र प्रतिनिधिको छनौट गर्दा समावेशीको साथै ३० वर्ष मुनिका युवाहरूलाई प्राथमिकता दिने प्रस्ताव गरेको छ ।

    बैठकले आन्तरिक श्रोतको परिचालन गर्ने गरी बजेट प्रस्ताव गरेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend