logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी

    कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी

    7.1K
    Shares
    कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी

    काठमाडौं । गत बैशाखमा लिइएको कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी अन्तिम अवस्थामा पुगेको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको हो । उत्तरपुस्तिका परीक्षण सकिएर डाटा इन्ट्री गराउने काम पनि सम्पन्न हुन लागेको बोर्डले जनाएको छ ।

    परीक्षा गत बैशाख २६ गतेदेखि सुरु भएर जेठ ५ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा ४ लाख ६७ हजार ३ सय ८९ विद्यार्थीहरुले फारम भरेका थिए ।

    सरकारले ल्याएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै एनजी (ननग्रेडेड) आएका विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेपछि देशभरका ५८ हजार विद्यार्थी यसबाट लाभान्वित बनेका थिए ।

    मन्त्रीस्तरीय बैठकले विद्यार्थीहरुले २ वा सो भन्दा कमल विषयमा एनजी आएको अवस्थामा सोही वर्ष र त्यसभन्दा माथि जति विषयमा एनजी ल्याउँछन् ती विषयमा मात्र ३ वर्षसम्म परीक्षा दिन पाउने निर्णय गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend