logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • अमेरिकाको हवाईमा डढेलो: ९३ जनाको मृत्यु, संकटकाल घोषणा

    अमेरिकाको हवाईमा डढेलो: ९३ जनाको मृत्यु, संकटकाल घोषणा

    1.1K
    Shares
    अमेरिकाको हवाईमा डढेलो: ९३ जनाको मृत्यु, संकटकाल घोषणा

    एजेन्सी । अमेरिकाको हवाई टापुको माउई जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ । आगो बस्तीसम्म फैलिँदा हालसम्म ९३ जनाको मृत्यु भइसकेको छ भने कयौँ घाईते भएका छन् ।

    विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको जनसाधारण क्रुद्ध भएका छन् । डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति भएको छ भने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ बिस्थापित भएका छन् ।

    अधिकारीहरूले दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएको तथा पाँच अर्ब ५० करोडभन्दा अधिकको धनमाल नोक्शानी भएको बताए ।

    आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । आगोमा जलेर ज्यान गुमाएकाहरूको डिएनए परीक्षण गरी परिवारलाई बुझाउन चुनौतिपूर्ण बनेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend