logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • चलचित्र ‘घर ज्वाईं’ काे सुटिङ माघ तेश्रो साताबाट, यी हुन् अभिनय गर्ने कलाकार

    चलचित्र ‘घर ज्वाईं’ काे सुटिङ माघ तेश्रो साताबाट, यी हुन् अभिनय गर्ने कलाकार

    3.8K
    Shares
    चलचित्र ‘घर ज्वाईं’ काे सुटिङ माघ तेश्रो साताबाट, यी हुन् अभिनय गर्ने कलाकार

    काठमाडाैँ । जीएम मुभिजको ब्यानरमा चलचित्र ‘घर ज्वाईं’ बन्ने भएको छ।

    माघबाट सुरु हुने फिल्मको सुटिङकाे सबै तयारी पुरा भएको निर्माता जनक घर्ति मगरले जानकारी दिए । फिल्म माघ तेश्रो साताबाट रुकुममा छायाँकन हुने छ ।

    निर्माता घर्ति मगरका अनुसार फिल्मलाई अनिल बुढामगरले निर्देशन गर्नेछन् भने दयाहाङ राई , मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ , शिशिर वाङ्देल, राज थापा काउचा आदि कलाकारको अभिनय रहने छ । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्ने सम्झौता भएको निर्माता घर्ति मगरले जानकारी दिए ।

    पछिल्लो समय नेपाली चलचित्र उद्याेगमा दर्शकले अत्याधिक रुचाएको दया र मिरुनाको जोडीलाई लिएर फिल्म बनाउन लागिएको हो ।

    दयाहाङ राई पछिल्लो समयमा निर्माता निर्देशकहरुको खोजिमा पर्ने सुपरस्टार हुन् भने दया र मिरुना अभिनित चलचित्रहरु व्यवासयिक रुपमा सफल हुदै आएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend