मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

क्विन्टल सुन प्रकरणः बरामद सुन जोख्न सीआईबीले महाशाखालाई गर्‍यो पत्राचार

क्विन्टल सुन प्रकरणः बरामद सुन जोख्न सीआईबीले महाशाखालाई गर्‍यो पत्राचार

काठमाडौँ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन जोख्ने पत्राचार गरेको छ । सीआईबीबाट पत्र आएको महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिएका हुन् ।

यससँगै, २७ दिन अगाडि सिनामङ्गलबाट बरामद गरिएको अवैध सुनको परिमाण जोख्ने कार्य अघि बढेको हो ।

आचार्यले सीआईबीबाट पत्र आएपछि प्रक्रिया अघि बढ्ने क्रममा रहेको र राजश्व अनुसन्धान विभागको पत्रको पनि पखाईमा रहेको बताए ।

उनले सीआईबीबाट पत्र आएपनि राजश्वबाट समेत आउनुपर्ने बताए । त्यसपछि १०० किलो परिमाणमा रहेको भनिएको सुनको आधिकारिक परिमाण एकिन हुनेछ ।

तर, यसका लागि एक सातासम्म समय लाग्न सक्ने महाशाखाले जनाएको छ । आजदेखि सुन जोख्ने र गाल्ने प्रक्रिया अघि बढेमा आगामी २ दिनसम्म सुन गाल्नै लाग्ने र त्यसपछिको समय सुन तौलिन लाग्ने महाशाखाको बताएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend