logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • भारतको ७७औं स्वतन्त्रता दिवस आज, मोदीले लाल किल्लाबाट सम्बोधन गर्ने

    भारतको ७७औं स्वतन्त्रता दिवस आज, मोदीले लाल किल्लाबाट सम्बोधन गर्ने

    1.3K
    Shares
    भारतको ७७औं स्वतन्त्रता दिवस आज, मोदीले लाल किल्लाबाट सम्बोधन गर्ने

    काठमाडाैँ । भारतले आज ७७औं स्वतन्त्रता दिवस मनाउँदै छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ७७औं स्वतन्त्रता दिवसको अवसरमा देशवासीलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमा ट्विटरमा लेखेका छन्,‘ तपाई सबैलाई स्वतन्त्रता दिवसको धेरै धेरै शुभकामना । यस ऐतिहासिक अवसरमा अमृतकलमा विकसित भारतको संकल्पलाई बलियो बनाउनुहोस् । जय हिन्द !’

    प्रधानमन्त्री नरेन्द्र मोदीले अगष्ट १५ का दिन बिहान ७.३० बजे लाल किल्लाबाट तिरंगा फहराउने छन् । त्यसपछि उनले परम्परा अनुसार राष्ट्रका नाममा सम्बोधन गर्नेछन् । आज लाल किल्लाबाट प्रधानमन्त्री मोदीको लगातार १० औं सम्बोधन हुनेछ।

    लाल किल्लामा हुने कार्यक्रममा सहभागी हुन देशभरबाट १८०० विशेष अतिथिलाई आमन्त्रण गरिएको छ । सरपंच, किसान उत्पादक संगठन योजनासँग सम्बद्ध व्यक्तिहरू, प्रधानमन्त्री किसान सम्मान निधि योजना, प्रधानमन्त्री कौशल विकास योजनाका सहभागीहरू, नयाँ संसद भवनलगायत केन्द्रीय भिस्टा आयोजनाका निर्माण मजदुरहरू पर्छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend