logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • उत्तरी म्यानमारमा पहिरो जाँदा दुई जनाको मृत्यु, ३० बढी बेपत्ता

    उत्तरी म्यानमारमा पहिरो जाँदा दुई जनाको मृत्यु, ३० बढी बेपत्ता

    959
    Shares
    उत्तरी म्यानमारमा पहिरो जाँदा दुई जनाको मृत्यु, ३० बढी बेपत्ता

    एजेन्सी । उत्तरी म्यानमारको काचिन राज्यमा आईतवार गएको जेड खानीको पहिरोमा परी दुई जनाले ज्यान गुमाएका छन् ।

    पहिरोमा अन्य ३० जना भन्दा बढी बेपत्ता भएको स्थानीय प्रहरीले सोमवार साँझ बनाएका हुन् ।

    पहिरोमा स्थानीय समयअनुसार दिउँसो ३ बजेतिर गएको आईतवार काचिन राज्यको हपाकान्त टाउनसिपको माना गाउँ नजिकैको जेड खानीमा रहेको हपाकान्त टाउनसिपका एक प्रहरी अधिकृतले बताए ।

    प्रहरी अधिकृतले भने, ‘अहिलेसम्म दुई जनाको शव निकालिएको छ, अन्य बेपत्ता छन् । करिव ८ जना घाइते हुनुहुन्छ ।’

    काचिन राज्यमा विशेषतः हापाकान्त खानी क्षेत्रमा ठूलो पहिरो जाने गर्दछ । यसअघि जुलाई २०२० मा हपाकान्त क्षेत्रमा गएको पहिरोका कारण १७४ जनाको निधन भएको थियो भने ५४ जना घाइते भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend