logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • केशव स्थापित एमाले केन्द्रीय कमिटीबाट बिदा

    केशव स्थापित एमाले केन्द्रीय कमिटीबाट बिदा

    2.8K
    Shares
    केशव स्थापित एमाले केन्द्रीय कमिटीबाट बिदा

    काठमाडौं । नेकपा एमालेले बागमती प्रदेशका पूर्वमन्त्री एवं काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर केशव स्थापितलाई केन्द्रीय सदस्यको जिम्मेवारीबाट बिदा गरेको छ ।

    एमालेको हिजो (सोमबार) को सचिवालय बैठक स्थापितलाई केन्द्रीय कमिटीबाट बिदाइ गरेको हो ।स्थापितले पार्टी अध्यक्षलाई भेटेर कार्यकारी भूमिकाबाट बिदा लिन चाहेको जनाएका थिए । त्यसपछि उनको राजीनामा स्वीकृत भएको हो ।

    गत वर्ष भएको स्थानिय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बनेर पराजित स्थापित राजनीतिकर्मी र विवादित व्यक्तित्वको समानान्तर छवि बनाउँदै नेकपा एमाले फर्किएको झण्डैं ८ वर्षपछि पुनः निष्क्रिय भएका छन् ।

    एमालेकै राजनीति लामो समय गरे पनि बीच–बीचमा उनी पार्टी छाड्दै र गाँसिदै आएका थिए। गत स्थानीय तह निर्वाचनमा मेयरको उम्मेवदार बनेका स्थापित तेस्रो हुँदै ३८ हजार ११७ मतमा खुम्चिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend