logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • सुन तस्करी प्रकरणबारे पूर्वसभामुख महराले भने– ‘सरकारलाई अनुसन्धानमा सघाउन तयार छु’

    सुन तस्करी प्रकरणबारे पूर्वसभामुख महराले भने– ‘सरकारलाई अनुसन्धानमा सघाउन तयार छु’

    1.9K
    Shares
    सुन तस्करी प्रकरणबारे पूर्वसभामुख महराले भने– ‘सरकारलाई अनुसन्धानमा सघाउन तयार छु’

    दाङ । माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा सरकारको अनुसन्धानमा आफू सहयोग गर्न तयार रहेको बताएका छन् ।

    गृह जिल्ला दाङमा सञ्चारकर्मीसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर आएको विषयमा अनुसन्धानका लागि सघाउन तयार रहेको बताए।

    ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु ?’ उनले भने ।

    सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमा मात्र चिनेको बताएका छन् । त्यसबाहेक उनलाई आफूले नचिनेको महराको भनाइ छ ।

    तर, महारले सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको भन्दै सञ्चार माध्यममा गलत प्रचार गरिएको गुनासो गरे ।

    उनले सुन तस्करीमा भनिएको टोलिफोन संवादका सन्दर्भमा कुनै पनि फोन संवाद नभएको उनले दाबी गरे । यद्यपि, वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनी अनुरोध गरेको बताए ।

    ‘सुनको स पनि कुरा भएको थिएन, मलाई के छ भनेर थाहा पनि भएन, मैले भन्सारका साथीहरुलाई कुराकानी गरेर कानुन अनुसार हेरेरमात्र काम गर्नुहोला, रोक्नु पर्ने भए रोक्नु होला, भनेका हो । यो प्रकरणमा भएको यत्ति हो, यसैलाई आधार मानेर बाहिर सञ्चार माध्यममा गलत प्रचार गर्ने काम भयो ।’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend