logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • वामपन्थी एकता हुन नदिन ममाथि षडयन्त्र भयोः कृष्णबहादुर महरा

    वामपन्थी एकता हुन नदिन ममाथि षडयन्त्र भयोः कृष्णबहादुर महरा

    1.2K
    Shares
    वामपन्थी एकता हुन नदिन ममाथि षडयन्त्र भयोः कृष्णबहादुर महरा

    दाङ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले वामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको बताएका छन् ।

    दाङको घोराहीस्थित निवासमा पत्रकार सम्मेलन गर्दै उनले आफूले सबै वामपन्थी शक्तिलाई एक बनाउनका लागि भूमिका खेल्दा प्रहार भएको हुन सक्ने आशङ्का व्यक्त गरे ।

    ‘म सन्तुलन मिलाउने व्यक्ति हुँ । सकेसम्म सबै वामपन्थी, सबै माओवादीबीच एकता होेस् । यो देशका राष्ट्रिय शक्ति एक ठाउँमा भइदिए देशको विकास हुन्थ्यो भन्ने चाहना छ’, उपाध्यक्ष महराले भने ।

    सुन तस्करी प्रकरणमा आफुलाई जोडेपछि उनले आज दाङमा पत्रकार सम्मेलन गरेका हुन् । सरकारलाई अनुसन्धानमा सहयोग गर्ने उपाध्यक्ष महरालाले स्पष्ट पारे ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend