हुम्ला । सुत्केरी भएर रक्तअल्पताले थला परेकी खार्पुनाथ–५, खर्पेलगाउँ हुम्लाकी दिफकली सार्कीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
१६ साउनमा सुत्केरी भएकी ४० वर्षीया दिफकलीको रक्तअल्पतासँगै रगतमा संक्रमण भई उनलाई प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरे पनि विमान नआउँदा ५ दिनपछि आज (मंगलबार) सेनाको हेलिकोप्टरले उद्धार गरेको हो ।
उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरी सुर्खेतमा रहेको प्रादेशिक अस्पताल सुर्खेतमा पुर्याइएको बताइएको छ ।