logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इण्डोनेशियाली सरकारको आह्वान

    वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इण्डोनेशियाली सरकारको आह्वान

    812
    Shares
    वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इण्डोनेशियाली सरकारको आह्वान

    एजेन्सी । वायु प्रदुषण बढेसँगै इण्डानेशियाली सरकारले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिन आह्वान गरेको छ ।

    मंगलवार इण्डोनेशियाका उद्यममन्त्री एरिक थोहिरले देशमा वायु प्रदुषण अत्याधिक बढेको भन्दै नागरिकहरुलाई विद्युतीय सवारी साधनको प्रयोग बढाउन आह्वान गरेका छन् ।

    उनले सरकारले परम्परागत इन्धनबाट सञ्चालन हुने सवारीसाधनलाई बिस्थापित गरी विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिइरहेको बताए ।

    कोइला र परम्परागत इन्धनबाट चल्ने सवारीसाधनको प्रयोगका कारण वायु प्रदुषणमा सबैभन्दा ठूलो असर परेको सरकारले बताएको छ । इण्डोनेशियाली सरकारले वायु प्रदुषण कम गर्ने एउटै माध्यम भनेको विद्युतीय उर्जा रहेको बताएको छ ।

    इण्डोनेशियाली उद्यममन्त्री एरिक थोहिरले भने, ‘जकार्तामा हाल वायुप्रदुष्ण उच्च भएको छ । यो द्वीपसमूहह देशमध्येकै सबैभन्दा खराब हो । यसको कारण पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनहरु हुन्, साथै उद्योगधन्दाहरु हुन् । त्यसैले विद्युतीय सामग्रीको प्रयोग बढाउन आह्वन गर्छु । वायु प्रदुषणलाई कम गर्ने एउटै माध्यम भनेको विद्युतीय उर्जाको प्रयोग बढाउनु हो, त्यसैले सरकार परम्परागत इन्धनबाट चल्ने सवारीसाधनलाई बिस्थापित गरी विद्युतीय सवारीसाधनमा जोड दिइरहेको छ ।’

    जकार्ता र नजिकका अन्य शहरमा गत हप्ता वायुको गुणस्तर सबैभन्दा नराम्रो रहेको थियो । इण्डोनेशियाका राष्ट्रपति जो विडोलले गत सोमवार आईतवारसम्म राजधानीको वायु गुणस्तर सूचकांक १५६ रहेको बताएका थिए । जो वातावरणका लागि स्वस्थकर मानिँदैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend