logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • सदनको अवरोध हटाउन देउवाले ओलीसँग वार्ता गर्ने

    सदनको अवरोध हटाउन देउवाले ओलीसँग वार्ता गर्ने

    3.3K
    Shares
    सदनको अवरोध हटाउन देउवाले ओलीसँग वार्ता गर्ने

    काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदनको गतिरोध अन्त्यका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका छन् ।

    सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समितिको माग अघि सार्दै एमालेले सदन अवरुद्ध पार्दै आएको छ ।

    तर, सत्ता पक्षले भने अनुसन्धान गर्ने निकायले स्वतन्त्र ढंगले अनुसन्धान गरिरहेको भन्दै अहिले अर्को समिति बनाएर विषयवस्तुलाई अन्यत्र मोडेजस्तो हुने भएकाले न्यायिक छानबिन समिति नबनाउने अडानमा रहेको छ ।

    सत्ता गठबन्धनको हिजो र आज बसेका लगातार दुई दिनका बैठकमा पनि सदनको अवरोध खुलाउन प्रमुख प्रतिपक्षी एमाले तयार हुनुपर्ने निष्कर्ष निकालेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend