logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • चितवनमा बस, जिप, मोटरसाइकल र स्कुटर एक–आपसमा ठोक्किँदा २० जना घाइते

    चितवनमा बस, जिप, मोटरसाइकल र स्कुटर एक–आपसमा ठोक्किँदा २० जना घाइते

    2.5K
    Shares
    चितवनमा बस, जिप, मोटरसाइकल र स्कुटर एक–आपसमा ठोक्किँदा २० जना घाइते

    चितवन । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–९ गोन्द्राङ नजिकै टिकौली जंगलमा कलेज बस, शव बोकेको जिप, मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी २० जना घाइते भएका छन् ।

    चितवन प्रहरीले घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताएको छ ।

    आज (बुधबार) मध्याह्न १२ बजेतिर गोन्द्रङदेखि लगभग ५ सय मिटर पूर्व टिकौली जंगलमा नारायणगढबाट रत्ननगर तर्फ जाँदै गरेको गैंडाकोट अक्सफोर्ड कलेजको विद्यार्थी बोक्ने ना १ क ६१३१ नम्बरको बस शव बोकेर रत्ननगरबाट देवघाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको बोलेरो जिपसँग ठोक्किँदा दुर्घटना भएको हो ।

    उक्त दुर्घटनामा अन्य चार वटा मोटरसाइकल र दुईवटा स्कुटर पनि ठोक्किएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend