logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • सिरियामा इन्धनको मूल्य बढेपछि कर्मचारीको तलव वृद्धि गर्न राष्ट्रपतिको आदेश

    सिरियामा इन्धनको मूल्य बढेपछि कर्मचारीको तलव वृद्धि गर्न राष्ट्रपतिको आदेश

    784
    Shares
    सिरियामा इन्धनको मूल्य बढेपछि कर्मचारीको तलव वृद्धि गर्न राष्ट्रपतिको आदेश

    एजेन्सी । सिरियाली राष्ट्रपति बसर अल असदले सरकारले इन्धनको मूल्यमा तिब्र वृद्धि गरेपछि सबै कर्मचारीहरुको तलव बढाउन आदेश दिएका छन् ।

    मंगलवार सिरियाली सरकारले इन्धनको मूल्यमा तिब्र वृद्धि गरेसँगै शतप्रतिशत कर्मचारीहरुको तलव बढाउन आदेश दिएका हुन् । राज्यका कर्मचारी, सेवानिवृत्त कर्मचारी र अन्य सैनिकहरुको लागि सन् २०११ पछि नवौं पटक तलव वृद्धि भएको हो ।

    अहिले देशको आर्थिक अवस्था संकटमा छ । यो निर्णय हुनुअघि निजामति कर्मचारीको मासिक तलव १० देखि १५ अभेकिरी डलरसम्म थियो ।

    सिरियाली आन्तरिक व्यापार र उपभोक्ता संरक्षण मन्त्रालयले सवारीसाधन र बेकरीको लागि डिजलको मूल्यमा लगभग १८० प्रतिशत र पेट्रोलको मूल्य लगभग १६५ प्रतिशले बढाएको छ ।

    इन्धनको मूल्यवृद्धिका कारण बुधवार धेरै बस चालकहरु काममा नगएपछि सडकमा यात्रुहरु अलपत्र परेका थिए । इन्धनको मूल्यवद्धिका कारण खाद्य चक्रमा पनि असर पुगेको छ । खाद्य सामग्रीको मूल्य ३० देखि सय प्रतिशतसम्मले बढेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend