logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मिटर ब्याजमा सुनसरी प्रशासनको सफलता, ४ करोड बढीको दाबी १ करोडमा सल्टियो !

    मिटर ब्याजमा सुनसरी प्रशासनको सफलता, ४ करोड बढीको दाबी १ करोडमा सल्टियो !

    3.3K
    Shares
    मिटर ब्याजमा सुनसरी प्रशासनको सफलता, ४ करोड बढीको दाबी १ करोडमा सल्टियो !

    काठमाडौं । मिटर ब्याज बिरुद्धको सुनुवाईमा सुनसरी जिल्ला प्रशासनले ठूलो सफलता हात पारेको छ ।

    जिल्ला प्रशासन कार्यालयमा परेको ४ करोड ६० लाख दाबी सहितको मिटरब्याजी बिरुद्धको उजुरी सुनसरी प्रशासनले १ करोड १० लाखमा टुङ्ग्याएको हो ।

    आफू पीडित भएको भन्दै प्रशासन पुगेका धरानका इन्द्र मोक्तानको उजुरी उपरको अनुसन्धान र छानबिनलाई टुङ्ग्याउँदै प्रशासनले पीडित पक्षलाई न्याय दिलाएको हो । पीडित मोक्तानका अनुसार उनले ४ वर्ष अघि धरानकै मणिराज राईबाट ५४ लाख ब्याजमा लिएका थिए ।

    आफूसँग दोहोरो कागज गराइएको बताउने मोक्तानले चेक बाउन्स समेत गराई ४ करोड ६० लाख दाबी गरिएपछि मिटर ब्याजमा उजुरी हालेको बताए ।

    मोक्तानले मिटर ब्याजका कारण तनावपूर्ण अवस्था निम्तेपछि सरकारले ल्याएको अध्यादेश बमोजिम न्यायको माग सहित सुनसरी प्रशासनमा उजुरी हालेको बताए । उजुरी उपर छानबिन पश्चात प्रशासनबाट आफूले न्याय पाएकोमा उनले खुशी व्यक्त गरे ।

    यता सुनसरी प्रशासनले उक्त उजुरी छानबिन गरी टुङ्ग्याएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्राप्त कागजात र यथेष्ट प्रमाणका आधारमा मिटरब्याजी बिरुद्धको उजुरी उपर छिनोफानो गरी टुङ्ग्याइएको बताइन् ।

    प्रजिअ पाण्डेले उजुरीसँग सम्बन्धित यथेष्ट प्रमाण जुटाउनसके पीडितले सहजै न्याय पाउने बताइन् । प्रजिअ पाण्डेले जिल्लामा ५ सय बढी मिटरब्याजका उजुरी परेको र छानबिनको क्रममा रहेको समेत जानकारी दिइन् ।

    जिल्ला प्रशासन कार्यालयबाट अहिले २ सय भन्दा बढी उजुरीहरुको छानबिन गरिरहेको बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend