logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • स्पेनको टेनेरिफ टापुमा ८ सय हेक्टर जमिनमा डढेलो

    स्पेनको टेनेरिफ टापुमा ८ सय हेक्टर जमिनमा डढेलो

    1.4K
    Shares
    स्पेनको टेनेरिफ टापुमा ८ सय हेक्टर जमिनमा डढेलो

    एजेन्सी । स्पेनको टेनेरिफ टापुमा ८ सय हेक्टर क्षेत्रफल जमिनमा डढेलो लागेको छ । बुधवार आगोका कारण सडक सञ्जालसमेत बन्द भएको थियो ।

    बिबिसिका अनुसार बुधवार बिहान आगोका कारण खालि गरिएका क्षेत्रहरुमा एरेट, चिविसिया, मिडिया मोन्टाना, अजाफोना र लस लागुनेटास लगायतका स्थान छन् ।

    क्यानरी टापुका अध्यक्ष फर्नान्डो क्लाभिजोले मंगलवारदेखि लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा नआएको बताए । टापुको उत्तरपूर्वमा अराफो र क्यान्डेलेरियाका साना शहरहरु बीचको असहज भूभागका कारण आगो निभाउन जटिल भएको हो ।

    क्यान्डेलेरियाका मेयर मारिया कन्सेपसियन ब्रिटोले आगो अन्य नगरपालिकाहरुमा फैलिनसक्ने भन्दै शतर्क रहन चेतावनी दिएका छन् । अहिले करिव १५० दमकल, १३ विमान र हेलिकप्टरको सहयोगमा आगो निभाउने काम भइरहेको छ ।

    आगो निभाउन स्पेनिस मिलिटरी इमर्जेन्सी युनिट (युएमई) परिचालन गरिएको छ । ५० सेना पहिला नै सो क्षेत्रमा तैनाथ गरिएको छ ।

    युरोपेली फरेस्ट फायर इन्फर्मेशन सिस्टम (इएफएफआईसी) को तथ्यांकअनुसार स्पेनमा हालसम्म सन् २०२३ मा ७३ हजार ५ सय हेक्टर जंगलमा आगो लागेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend