एजेन्सी । अमेरिकाको माउई जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ११० पुगेको छ ।
बुधवार साँझसम्म हवाई राज्यको माउईमा लागेको डढेलोले ११० जनाको ज्यान गएको हवाई राज्यका मेयर जोस ग्रिनले बताएका हुन् । जलेको भूभागमध्ये बुधवारसम्म ३८ प्रतिशत भूभागमा खोजि गरिसकिएको बताइएको छ ।
माउईका प्रहरी प्रमुख जोन पेलेटियरले यस हप्ताको अन्तिमसम्म ९० प्रतिशत क्षेत्रमा अनुसन्धान गरिसक्ने आशा गरेको बताए । यो आगलागी अमेरिकामा एक शताब्दीपछिकै ठूलो हो ।