logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • क्यानरी टापुमा लागेको डढेलो १८ सय हेक्टरमा फैलियो

    क्यानरी टापुमा लागेको डढेलो १८ सय हेक्टरमा फैलियो

    1.3K
    Shares
    क्यानरी टापुमा लागेको डढेलो १८ सय हेक्टरमा फैलियो

    एजेन्सी । स्पेनको टेनेरिफको उत्तरपूर्वमा रहेको क्यानरी टापुमा बुधवारबाट लागेको डढेलो १८ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

    बुधवारबाट लागेको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । सुख्खा क्षेत्र र तिब्र हावाका कारण आगो झनै फैलिरहेको बताइएको छ । क्यानरी टापुका अध्यक्ष फर्नान्डो क्लाभिजोले पहाडी क्षेत्रमा भएका कारण आगो निभाउन कठिन भइरहेको बताए ।

    डढेलो कसरी लाग्यो भन्नेकुरा अझैसम्म स्पष्ट हुन सकेको छैन । आगो १७ हजार ५ सय बासिन्दा रहेको शहर एल ओरोटाभेको छेउसम्म पुगेको थियो ।

    आगोका कारण सो क्षेत्रबाट करिव १५० जनालाई बिस्थापि भएका छन् । सम्पती कति क्षति भयो भन्ने बारेमा तथ्यांक आइसकेको छैन । करिव २७० अग्नि नियन्त्रक र १७ बढी हेलिकप्टरबाट आगो नियन्त्रणमा लिने प्रयास भएपनि सफल हुन सकेको छैन ।

    युरोपेली फरेस्ट फायर इन्फर्मेशन सिस्टम (इएफएफआईसी) को तथ्यांकअनुसार स्पेनमा हालसम्म सन् २०२३ मा ७३ हजार ५ सय हेक्टर जंगलमा आगो लागेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend