logo

२०८१ जेष्ठ १ मंगलबार

logo
  • मंगलबार, १ जेष्ठ २०८१
  • जुन दिनसम्म पदमा बस्छौं, त्यो दिनसम्म सुशासनको अभियान जारी रहन्छ : गृहमन्त्री श्रेष्ठ

    जुन दिनसम्म पदमा बस्छौं, त्यो दिनसम्म सुशासनको अभियान जारी रहन्छ : गृहमन्त्री श्रेष्ठ

    2.2K
    Shares
    जुन दिनसम्म पदमा बस्छौं, त्यो दिनसम्म सुशासनको अभियान जारी रहन्छ : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरूद्धको अभियान कुनैपनि हालतमा नरोकिने जिकिर गर्दै सरकार अप्ठ्यारोमा परे पनि अभियान जारी राख्ने बताएका छन् ।

    आज (शुक्रबार) गोरखामा एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा मन्त्री श्रेष्ठले भ्रष्टाचारी, ठग र तस्करहरूलाई संरक्षण गर्ने तत्वहरू सलबलाउन थालेका र उनीहरू यो अभियानलाई कसरी भाँजो हाल्न सकिन्छ भन्ने षड्यन्त्र गरिरहेका भएपनि उनीहरूका षड्यन्त्रले वर्तमान सरकारको अभियान नरोकिने बताएका हुन् ।

    ‘तस्कर र ठग, भ्रष्टाचारीका संरक्षकहरूले सरकारलाई अप्ठ्यारो पारे भनेर तैँ चुप मै चुप भएर बसौं, पहिला जे छ त्यस्तै गरी चलौं भन्ने पक्षमा सरकार छैन,’ उनले भने।

    सरकार अप्ठ्यारोमा पर्छ भनेपनि सुशासनको अभियान रोक्ने पक्षमा अहिलेको सरकार नरहेको उनको भनाई छ । मन्त्री श्रेष्ठले सरकारलाई धम्काएर र घेराबन्दी गरेर कसैले आफ्नो सपना पूरा हुन्छ भन्ने नसोच्न समेत आग्रह गरे ।

    ‘जुन बिन्दुसम्म पदमा बस्छौं देश र जनताका निम्ति प्रतिबद्ध भएर काम गर्छौं। यो अभियान हामी बिसर्जित गर्दैनौं। निरन्तर अगाडि बढाउँछौं,’ उनले भने।

    पदमा जहिलेसम्म बसिन्छ देश र जनताका लागि प्रतिबद्ध भएर काम गर्ने र भ्रष्टाचार विरुद्धको अभियान नरोक्ने प्रष्ट पारे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend