logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा

    ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा

    2.8K
    Shares
    ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा

    काठमाडौँ । आजबाट दुई नेपाली चलचित्र ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शन गरिएको छ ।

    अघिल्लो साता कुनै नेपाली चलचित्र प्रदर्शन भएको थिएन । त्यहीँ कारण पनि नेपाली चलचित्रलाई ठूलो पर्दामा हेर्न चाहने दर्शकले दुई फरक विधालाई रोज्न पाउने छन् ।

    गणेशदेव पाण्डेले निर्देशन गरेको चलचित्र ‘जुलेबी’को सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, सुशील सिटौलालगायतका कलाकारले अभिनय गरेका छन् ।

    लेखक तथा निर्देशक पाण्डेले सात पात्रको सम्बन्धको वरिपरि घुमेको कथामा जीवनको भोगाइबाट उत्पन्न परिस्थितिलाई चित्रण गरिएको बताए । ‘चार महिला पात्रको संवेदना, चाहना र भोगाईलाई चलचित्रमा प्रस्तुत गरिएको छ’, उनले भने ।

    मिलन आले मगर निर्देशन गर्नुभएको चलचित्र ‘हिँड्दा हिँड्दै’ मा सलोन बस्नेत, आकाश श्रेष्ठ, रेखा शाह, भोलाराज सापकोटालगायतका कलाकारले अभिनय गरेका छन्। मित्रता र प्रेममा आउने उतारचढावलाई चित्रण गरिएको चलचित्रका लेखक सुशील पङ्गेनी छन् ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend