logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रिय युवा संघ नेपालले गर्‍यो दुई केन्द्रीय सदस्यसहित चारजनालाई कारबाही

    राष्ट्रिय युवा संघ नेपालले गर्‍यो दुई केन्द्रीय सदस्यसहित चारजनालाई कारबाही

    8.2K
    Shares
    राष्ट्रिय युवा संघ नेपालले गर्‍यो दुई केन्द्रीय सदस्यसहित चारजनालाई कारबाही

    काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले कञ्चनपुर घटनाका दोषी दुई केन्द्रीय सदस्यसहित चारजनालाई कारबाही गरेको छ।

    गत २७ साउनमा संघको दशौं कञ्चनपुर जिल्ला अधिवेशनमा अनुशासनविपरित काम गरेको अभियोगमा केन्द्रीय सदस्यहरु केशव चन्द, रोहितजंग कुँवर, केन्द्रीय लेखा आयोगका सचिव प्रविन बोगटी र नविन चन्दलाई कारबाही गरिएको संघका प्रवक्ता निरोज पौडेलले बताए।

    अधिवेशनमा संघका निर्वाचन आयोग प्रमुख बलराम वेल्वासेमाथि हातपात गर्नुका साथै भिमदत्त–१८ का वडाध्यक्ष तथा एमाले जिल्ला सदस्य रविन्द्र देवकोटामाथि ज्यानमार्ने अभिप्रायका साथ सांघातिक आक्रमणमा उनीहरु संलग्न रहेको पुष्टि भएको पनि पौडेलले सुनौलो नेपाललाई जानकारी दिए।

    घटनाका विषयमा उनीहरुलाई स्पष्टिकरण सोधिएकोमा जवाफ चित्तबुझ्दो नभएको, भौतिक आक्रमणमा संलग्न देखिएको र एमाले केन्द्रीय कार्यादलले निकालेको निष्कर्षका आधारमा साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरिएको महासचिव सुमन पुरीले विज्ञप्तिमार्फत जनाएका छन्।

    छानबिनका लागि एमालेको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा कार्यदल बनाएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend