logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘सेन्सर बोर्डले यत्तिको स्वतन्त्रता दिनुपर्छ’

    ‘सेन्सर बोर्डले यत्तिको स्वतन्त्रता दिनुपर्छ’

    1.9K
    Shares
    ‘सेन्सर बोर्डले यत्तिको स्वतन्त्रता दिनुपर्छ’

    काठमाडौं । नेपाली चलचित्र जुलेबीको प्रिमियर शो भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो ।

    प्रिमियर शोपछि बोल्दै अभिनेत्री सुरक्षा पन्तले एउटा कलाकार भइसकेपछि ओपन भएकै राम्रो हुने बताइन् । उनले गम्भीर र कन्ट्रोभर्सी एवं सेन्सेटिभ विषयवस्तु नउठाउने हो भने कलाकार र अन्य नागरिकमा फरक नहुने बताइन् ।

    उनले चलचित्रमा न्युड सिन दिँदा केही डर लागेपनि सेन्सर बोर्डले यत्ति स्वतन्त्रता दिएकोमा खुशी व्यक्त गरिन् ।

    त्यस्तै, फिल्म हेरिसकेपछि चलचित्रका अभिनेता सुशील सिटौलाले आफूले फिल्मका लागि बेस्ट दिएको र अझै आगामी दिनमा बेस्ट दिँदै जाने बताए ।

    अभिनेत्री उषा रजकले कलाकारिता गरेर मात्रै घरमा चुलो नबल्ने बताइन् । उनले धेरै बजेट पाउने आशामा आफूले काम नगरेको बताइन् ।

    चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापाको मुख्य भुमिका रहेको चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको छ ।

    एन्थोलोजी जनरामा निर्माण भएको चलचित्रमा फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । विवेक खड्काको छायाङ्कन र अन्जय खड्काको सम्पादन रहेको चलचित्रका निर्माता आभा शर्मा नेपाल हुन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend