काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । बैठक अहिले केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको हो।
जारी सचिवालय बैठकमा आसन्न स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको एजेण्डा तयारी, समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र पार्टीको भावी रणनीति लगातयका एजेन्डामाथि छलफल हुने पार्टीले जनाएको छ ।
नेकपा एसको पोलिटब्युरो भदौ ३ र ४ गते बिहान ११ बजे पार्टीकै कार्यालयमा तोकिएको छ भने केन्द्रीय कमिटीको बैठक भदौ ५, ६ र ७ गते बिहान १० बजेका लागि कान्तिपुर गार्डेन ब्याङकेट, बालकुमारीमा हुने बताइएको छ ।