logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को उपाधि राई र कार्कीलाई

    ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को उपाधि राई र कार्कीलाई

    4.5K
    Shares
    ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को उपाधि राई र कार्कीलाई

    काठमाडौं । ‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि प्रितम राई (भारत) ले र ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्याण्ड) ले जितेका छन् ।

    ललितपुरको गोदावरीमा भएको अन्तिम प्रतिष्पर्धाबाट गायनतर्फ राई र नृत्यतर्फ कार्कीले उपाधि हात पारेका हुन् । यो नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार हो ।

    त्यसैगरी, ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) ले हात पारिन् ।

    अन्तिम प्रतिष्पर्धा (ग्राण्ड फिनाले) मा अन्तिम पाँच–पाँच प्रतियोगीबाट उनीहरू छानिएका हुन् । मेरो भ्वाइस युनिभर्स सेकेण्ड रनरअफमा शरद हुमगाईँ (नेपाल), थर्ड रनरअपमा परेश राई (नेपाल) र फोर्थ रनरअप साइराज खाती (भारत) रहेका छन् ।

    त्यस्तै, ‘मेरो डान्स युनिभर्स’ सेकेण्ड रनरअपमा मिग्मा डि लेप्चा (भारत), थर्ड रनरअपमा स्वस्तिक अर्याल (नेपाल) र फोर्थ रनरअपमा नेसन सुस्लिङ मगर (नेपाल) रहेका छन् । विजयी कलाकारहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेले पुरस्कार प्रदान गरेका थिए ।

    गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’तर्फ सिक्किमका शिशिर ठटाल र प्रितम राई, दार्जलिङका साइराज खाती तथा संखुवासभाका परेश राई र काभ्रेका शरद हुमागाईँ अन्तिम पाँचमा रहेका थिए ।

    त्यसैगरी, नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’तर्फ मिङ्मा डि लेप्चा (सिक्किम), खुशी कार्की (थाइल्याण्ड), देवी गर्वुजा मगर (बेल्जियम) तथा नेपालको नेशन सुस्लिङ मगर महोत्तरी र गोरखाका स्वस्तिक अर्याल अन्तिम पाँचमा रहेका थिए ।

    इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले सञ्चालन गरेको दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, फस्ट रनरअपले ३० लाख र सेकेण्ड रनरअपले २० लाख, थर्ड रनरअपले १० लाख र फोर्थ रनरअपले पाँच लाखसहित विभिन्न पुरस्कार प्राप्त गरेका छन् । समूह नृत्यतर्फ भने नेपाल प्रहरी (नेपाल) विजेता बनेको छ । सो समूहले २० लाख पुरस्कार प्राप्त गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend