logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिआईबी अनुसन्धानलाई प्रभावित नगरी उच्चस्तरीय संयन्त्र बनाइनु पर्छ: पदम गिरी

    सिआईबी अनुसन्धानलाई प्रभावित नगरी उच्चस्तरीय संयन्त्र बनाइनु पर्छ: पदम गिरी

    2.4K
    Shares
    सिआईबी अनुसन्धानलाई प्रभावित नगरी उच्चस्तरीय संयन्त्र बनाइनु पर्छ: पदम गिरी

    काठमाडौं । नेकपा एमालेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को अनुसन्धानलाई प्रभावित नपार्ने गरी सुन तस्करी अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र बनाउन माग गरेको छ ।

    आईतवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो बताएका हुन् ।

    उनले उच्चस्तरीय छानबिन समिति गठनको माग यथावत रहेको पनि बताए । गिरीले क्विन्टलका क्विन्टल सुन नेपाल भित्रिरहेको भन्दै छानबिन समिति गठन गर्न सरकार गम्भिर हुनुपर्ने बताए ।

    उनले सरकारको अकर्मण्यताका कारण संसद अवरुद्ध भएको जिकिर गरे । सुन तस्करी प्रकरणमा राजनितीक नेतृत्वहरुको पनि नाम सार्वजनिक भएको भन्दै ती व्यक्तिहरुलाई सिआईबीले छानबिनको दायरामा ल्याउन नसकेको बताए ।

    गिरीले भने, ‘पछिल्लो घटनाक्रम हेर्दै जाँदा नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले दोस्रो चरणको छानबिन गर्छौं भन्दै थियो । सरकारले फाइल खोल्छु भन्दै गर्दा एकातिर प्रहरीका अधिकारी सरुवा गर्ने काम गरेको छ । सुन तस्करी प्रकरणमा राजनितीक व्यक्तिहरुपनि सहभागी छन् भन्ने कुरा विभिन्न मिडियाबाट सार्वजनिक भइरहेका छन् । ती मान्छेहरुलाई सिआईबीले छानबिनको दायरामा पनि ल्याउन सकेन । सरकारले छानबिनमा ल्याउनपनि चाहेको अवस्था छैन । क्विन्टलका क्विन्टल सुन नेपाल भित्रिने कुरा धेरै गम्भिर विषय हो । उच्चस्तरीय छानबिन समिति अपरिहार्य छ भन्ने कुरा पछिल्ला घटनाले पनि पुष्टी गरेका छन् । हामीले उच्चस्तरीय छानबिन समितिको मागलाई यथावत नै राख्यौं । सिआईबीले छानबिन गर्ने सन्र्दभमा हाम्रो अन्यथा भनाई होइन । सिआईबीले छानविन गरोस् । तर, उच्चस्तरीय छानबिन समिति यस्तो हुन्छ की सीआईबीले गरेको छानबिनमा कहीँ कमिहरु छन् भने ओभरसाईडपनि गर्ने र समग्र तस्करी भइरहेको छ यसका नितिगत समस्याहरु कहाँ छन् ? संरचनागत सुधारहरु कहाँ कहाँ गर्नुपर्नेछ ? समग्रमा यसको अध्ययन अनुसन्धान गरेर सरकारलाई एउटा प्रतिवेदन बुझाउने र भविष्यमा नेपालमा तस्करी हुने कुराको अन्त्य गर्नुपर्छ भन्ने हिसावले हामिले यो माग गरेका हौं । यसमा सरकार कसरी प्रश्तुत हुन्छ, आउने मितिले धेरै कुराको प्रभाव हुन्छ ।’

    सिआईबीको अनुसन्धान प्रभावित नहुने गरी उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसदमा बिजनेस अगाडी बढाउन नसकिने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend