logo

२०८१ जेष्ठ १ मंगलबार

logo
  • मंगलबार, १ जेष्ठ २०८१
  • समाजवाद उन्मुख अर्थतन्त्रबारे सबै राजनीतिक दलहरुले बहस गर्न जरुरीः प्रदीप ज्ञवाली

    समाजवाद उन्मुख अर्थतन्त्रबारे सबै राजनीतिक दलहरुले बहस गर्न जरुरीः प्रदीप ज्ञवाली

    1.8K
    Shares
    समाजवाद उन्मुख अर्थतन्त्रबारे सबै राजनीतिक दलहरुले बहस गर्न जरुरीः प्रदीप ज्ञवाली

    काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले समाजवाद उन्मुख अर्थतन्त्रबारे सबै राजनीतिक दलहरुले बहस गर्न जरुरी रहेको बताएका छन् ।

    स्कुल अफ डेमोक्रेसीले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरुले सत्तामा नभई संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्रबारे बहस गर्न केन्द्रित हुनुपर्ने बताएका हुन् ।

    उपमहासचिव ज्ञवालीले आजको समाजवादबारे सार्थक बहस गर्न स्वर्गीय प्रदिप गिरीको चिन्तन उपयोगी हुने विश्वास समेत व्यक्त गरे ।

    उनले नेपाली राजनीतिमा बौद्धिकताको खडेरी परिरहेका बेला स्वर्गीय गिरीले दिएका अभिव्यक्ति, लेखहरु नेपालको समाजवाद उन्मुख अर्थतन्त्रलाई अगाडि बढाउन मार्ग निर्देश हुने समेत बताए । उपमहासचिव ज्ञवालीले नेपालका राजनीतिक नेतृत्वमा स्खलन आइरहेका बेला पनि स्वर्गीय गिरीको असाध्यै आदर्शवान व्यक्तित्व हुनुहुन्थ्यो भनि स्मरण गरे ।

    \उनले भने, ‘राजनीतिक एछि अर्को खडेरी पर्दै गइरहेको आदर्शको, नैतिकताको, मूल्यको जुन डरालाग्दो विघटन देखा परिरहेको छ । त्यस्तो बीचमा प्रदीप गिरी एउटा मरुभूमिमा कोयासिश जस्तै एउटा नमूना हुनुहुन्थ्यो । उहाँ आफू कहिल्यै नेतृत्वमा जानु भएन । नेतृत्व गर्न चाहनु भएन । असल चिन्तन तर आफैँले नेतृत्व गरिएन भने कार्यान्वयन कसरी हुन्छ ? चिन्तक नेता नहुँदा त्यो चिन्तन व्यवहारमा कार्यान्वयन नहुने । प्रायः असल चिन्तकहरु स्वाभिमानी हुने, उनीहरु यस्तो लफडामा पर्न नचाहने । यसले त धेरै बहस माग गर्छ होला । तर यत्रो धेरै नेतृत्वको स्खलन, हामीले नायक भनेर ठानेका धेरै मान्छेहरुको जुन तिब्र विघटन भइरहेको छ । यस्तो अवस्थाभित्र प्रदीप गिरी एउटा असाध्यै आर्दश व्यक्तित्व हुनुहुन्थ्यो । र, फाइनल्ली मैले भन्न खोजेको प्रजातान्त्रिक समाजवाद आयामहरुको कुरा यहाँहरुले गर्नुभयो । धेरै छलफल गर्ने हामीसँग समय छैन । तर जाँदाजाँदै मैले दुई वटा कुरा मात्रै भन्छु–पहिलो १९९० पछि एउटा बहस भयो विश्वव्यापी रुपमा । सोभियत संघको डाउनफल पछि इतिहासकै अन्त्य भयो पनि भनियो । तर आज ३३ वर्षपछि फर्केर हेर्दा फाईनल विजय त भएको रहेनछ । यो समस्याको समाधान समाजवादमै छ । तर आजको समाजवाद कस्तो हो ? हामीले नेपालको संविधानमा समाजवाद उन्मुख राज्य चरित्र भनेर लेखेका छौं । समाजवाद उन्मुख भनेर अर्थतन्त्रको कुरा लेखेका छौं । भने त्यसलाई आजको सन्दर्भमा व्याख्या गर्ने, छलफल गर्ने, साझा ग्राउण्ड खोज्ने कुरा चाँही सायद राजनीतिक दलहरुमा जरुरी हुन्छ प्रदिप गिरीको सम्झनाले हामीलाई ती कुराहरुमा बहस गर्न अहिले साझेदारी भनेको सत्तामा हुन्छ । एजेण्डामा हुँदैन । सायद हामीले खोज्ने भनेको एजेण्डामा सहमति, एजेण्डामा समझदारी होला । हामीले भनेको संविधानमा उल्लेख गरेको समाजवादका फण्डामेन्टल कुराहरु के हुन ? जुनसुकै सरकारमा जाँदाखेरी पनि त्यसलाई उलंघन गर्न नहुने मान्यता लियौं भने प्रदीप गिरी दाईलाई सम्झेको बढी सार्थकता हुन्छ कि । यस्ता फोरमहरुले दाईले बोलेका, लेखेका मध्यका सेलेक्टेड रचनाहरु कलेक्सन गरेर निकालोस, ताकि बौद्धिकताको खडेरी परेको यो बेलामा चाहीँ हामीलाई उहाँका ती विचारहरुले सन्दर्भको मागर्दशनको काम गरुन ।’

    उपमहासचिव ज्ञवालीले प्रदीप गिरीको आदर्श र विचारले मुलुकको राजनीतिलाई निर्देश गरिरहेको दाबी समेत गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend