logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • संविधान बनाउँदाको गल्तीका कारण मुलुक अफ्ठ्यारोमा परेको छः उपेन्द्र यादव

    संविधान बनाउँदाको गल्तीका कारण मुलुक अफ्ठ्यारोमा परेको छः उपेन्द्र यादव

    1.6K
    Shares
    संविधान बनाउँदाको गल्तीका कारण मुलुक अफ्ठ्यारोमा परेको छः उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणका क्रममा गरिएको गल्तीका कारण अहिले मुलुक अफ्ठ्यारोमा परेको बताएका छन् ।

    सोमबार नेपाली काँग्रेसका नेता स्वर्गीय प्रदिप गिरीको प्रथम स्मृति दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादका आयामहरु’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले मुलुक अफ्ठ्यारो स्थितिमा परेको बताएका हुन् ।

    उनले संविधान निर्माणका क्रममा गल्ती गरेका कारण अहिले मुलुकमा अफ्ठ्यारो स्थिति आएको उनको भनाई छ ।वर्तमान संविधानले अन्तरिम संविधानले जनतालाई दिएको अधिकारलाई समेत सम्बोधन गर्न नसकेको उनले बताए ।

    उनले संविधानले भविष्यलाई नदेखेको पनि बताए । अध्यक्ष यादवले सोही कारण आफू र स्वर्गिय गिरी लगायतले संविधानमा हस्ताक्षर नगरेको उल्लेख गरे ।

    उनले भने, ‘हामी दुई जनाले यो संविधान हस्ताक्षर गरेनौँ । किन हो त भन्दाखेरी यो संविधानले कमसेकम अन्तरिक संविधानमा जनताले प्राप्त गरेको अधिकार समेतलाई पनि सम्बोधन गर्न सकेन । यसले समानुपातिक समावेशिता, सही मानेको संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रका बलिया आधारहरु, शासकिय स्वरुप, निर्वाचन प्रणाली जस्ता महत्वपूर्ण पक्षमा जुन संविधानमा आएको छ त्यसमा उहाँको बिमति थियो । र उहाँको बिचार, हाम्रो सोच, चिन्तन एकै ठाउँमा थियो । त्यसैकारणले आज सबैले महशुस गरेका छन् कि संविधान निर्माणमा धेरै गल्तीहरु भएका छन् । जुन गल्ति, कमीकमजोरीले गर्दा अहिले पनि मुलुक अफ्ठ्यारोमा परेको छ । त्यसकारणले यो संविधानले भविष्यलाई देखेन । र यसले मुलुुकलाई गति दिन सक्दैन भनेर नै हामी दुई जनाले हस्ताक्षर नगरेको । आज मुलुक दिशाहिनताको अवस्थामा, अर्थतन्त्र खस्किदै गएको अवस्थामा, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग धरासायी हुँदै गएको अवस्थामा मुलुकलाई ट्रयाकमा ल्याउनका लागि अझ चिन्तनको आवश्यकता छ ।’

    अध्यक्ष यादवले मुलुक दिशाहीनताको अवस्थामा गएको बताए । उनले अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, कृषि र उद्योग धरासायी हुँदै गएको भन्दै मुलुकलाई ट्रयाकमा ल्याउन चिन्तनको आवश्यकता रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend