logo

२०८० असोज ६ शनिबार

logo
  • शनिबार, ६ असोज २०८०
  • भदौ १५ गते नारायण रायमाझी सांगीतिक साँझ हुने

    भदौ १५ गते नारायण रायमाझी सांगीतिक साँझ हुने

    1.1K
    SHARES
    भदौ १५ गते नारायण रायमाझी सांगीतिक साँझ हुने

    काठमाडौं । भदौ १५ गते नारायण रायमाझी सांगीतिक साँझ हुने भएको छ । सोमवार काठमडौंमा पत्रकार सम्मेलन आयोजना गरी यस बारेमा जानकारी गराइएको हो ।



    सांगीतिक साँझ भदौ १५ गते दिउँसो १ बजेबाट ७ बजेसम्म प्रज्ञा प्रतिष्ठानमा हुनेछ । एकल साँझका अवसरमा वरिष्ठ लोकगायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीले आफ्ना गीतहरु प्रत्यक्ष रुपमा प्रश्तुत गर्ने अध्यक्ष रिता थापा मगरले बताइन् ।

    उनले एकल साँझको अवसरमा रायमाझीले निर्देशन गर्नुभएको परदेशी २ चलचित्रको पनि शुभारम्भ गरिने बताइन् ।

    कार्यक्रममा देशभरका कलाकार, कला, गीत, संगीत, संस्कृति क्षेत्रमा रुचि राख्ने तथा लोक, कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा लागेका दर्शक, एवं श्रोताहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित एकल साँझमा रायमाझीले आफूले गाएका उत्कृष्ट गीतहरु प्रश्तुत गर्नेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend