logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • कालिञ्चोक ट्रेडिङलाई बालेनको डेढ लाख जरिवाना,कोकाकोलाको बोतलभित्र भेटियो अखाद्य वस्तु

    कालिञ्चोक ट्रेडिङलाई बालेनको डेढ लाख जरिवाना,कोकाकोलाको बोतलभित्र भेटियो अखाद्य वस्तु

    2.2K
    Shares
    कालिञ्चोक ट्रेडिङलाई बालेनको डेढ लाख जरिवाना,कोकाकोलाको बोतलभित्र भेटियो अखाद्य वस्तु

    काठमाडौं। काठमाडौं महानगरपालिकाले कालिञ्‍चोक ट्रेडिङलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। कोकाकोलाको बोतलभित्र अखाद्य वस्तु भेटिएपछि महानगरले जरिवाना तिराएको हो।

    पुतलीसडकमा रहेको कालिञ्‍चोक ट्रेडिङ कोकाकोलाको वितरक हो। महानगरपालिकाका अनुसार २५० मिलिलिटरको सिलबन्दी बिर्को भएको कोकाकोलाको बोतल भित्र अखाद्य वस्तु (सेतो डल्लो) देखिएपछि भृकुटीमण्डपका एक व्यापारीले महानगर प्रहरीमा खबर गरेका थिए।

    त्यसलगत्तै महानगर प्रहरी र बजार अनुगमन टोली अनुगमनका लागि गएका पुगेका थिए।

    महानगरका कृषि तथा पशुपक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झाले भने, ‘हामीले फोहोर देखिएको बोतलको ब्‍याच नम्बरमा उत्पादन भएका अरु बोतलहरु हेर्‍यौ। अन्य ब्‍याच नम्बरमा उत्पादन भएका बोतल पनि हेर्‍यौँ। उत्पादक, वितरक र व्यापारीसँग सोधपुछ गर्‍यौँ। यसमा वितरकले लापरवाही गरेको अवस्था अवगत भएपछि वितरकलाई कारबाही गरेका हौँ।’

    महानगरले बजार अनुगमनमा क्रममा अहिले पानी र दुग्धजन्य उत्पादन, वितरण तथा बिक्रीको बजार हेरिरहेको उनले बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend