logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • काठमाडौं महानगरका व्यावसायिक भवनले अब सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने

    काठमाडौं महानगरका व्यावसायिक भवनले अब सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने

    1.3K
    Shares
    काठमाडौं महानगरका व्यावसायिक भवनले अब सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले गरेको सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने निर्णय कार्यान्वयन हुने भएको छ।

    महानगरको पक्षमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेसँगै कार्यान्वयनको बाटो खुलेको हो।

    काठमाडौं महानगरपालिले आवासीय एवम् व्यावसायिक भवनहरुमा सवारी साधन पार्किङ गर्दा सेवाग्राहीहरूसँग शुल्क लिन नपाउने निर्णय गरेको थियो।

    त्यसविरुद्ध कम्पलेक्स डेभलपर लिजर एशोसिएनले महानगरविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता गरेको थियो।

    त्यो रिटमाथि २२ साउनमा सुनुवाइ गर्दै न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले काठमाडौं महानगरपालिकासँग लिखित जवाफ मागेको थियो।

    अदालतले ३० साउनसम्म व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङस्थलहरुमा पार्किङ शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न अल्पकालीन आदेशमा दिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend