logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा बिरामीको मृत्युपछि आफन्तको प्रदर्शन

    धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा बिरामीको मृत्युपछि आफन्तको प्रदर्शन

    1.8K
    Shares
    धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा बिरामीको मृत्युपछि आफन्तको प्रदर्शन

    काठमाडौँ । धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा बिरामीको मृत्यु भएको विषयलाई लिएर आफन्तले विरोध प्रदर्शन गरेका छन् ।

    पत्थरीका बिरामी कञ्चनपुरको बेलौरीका ऐजनलाल चौधरीको मृत्यु भएको विषयलाई लिएर आन्दोलित भएका आफन्तले सडक बन्द गराएका छन् ।

    उनीहरुले धनगढीको शहीद गेटमा प्रदर्शन गर्दै गाडी चल्न बन्द गराएका हुन् । चौधरीको उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारवाही गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले पीडित पक्षको मागबारे अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहेको जानकारी आएको बताए ।

    शुुक्रबार अस्पताल भर्ना भएका चौधरीको बायाँ मिर्गौलामा पत्थरी रहेको भन्दै शल्यक्रिया गरिएको थियो । तर उपचारका क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखिएको थियो । उनको सोमबार विहान मृत्यु भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend